काठमाडौं, २ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक दुर्जकुमार राईले विदाइ भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेका अर्याल र राईले दाहालसँग विदाइ भेटवार्ता गरेको उनका छोरा प्रकाश दाहालले जनाएका छन् ।
आफ्नो फेसबुक वालमार्फत प्रकाशले महानिरीक्षकद्वय अर्याल र राईले विदाइ भेट गरेको जनाएका हुन् ।
सो क्रममा प्रधानमन्त्री दाहालले अर्याल र राईले आ–आफ्नो संगठनमा गरेको योगदानको प्रसंसा गरेका थिए ।
उमेर हदका कारण महानिरीक्षकद्वय अर्याल र राईले अनिर्वाय अवकास लिँदैछन् ।











प्रतिक्रिया