२ कार्तिक २०८३, सोमबार

नेपाली चलचित्र प्रवर्द्धनका लागि कार्यदल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली चलचित्रका विविध समस्या समाधानका लागि नेपाली चलचित्रमा काम गरिरहेका सम्पूर्ण पैशागत संगठन एक जुट भएका छन् ।

निर्माता संघ अध्यक्ष आकाश अधिकारीकौ पहलमा चलचित्र क्षैत्रमा काम गरिरहैका अन्य पेशागत संगठनका अध्यक्षहरुको शनिबार बैठक बसेर नेपाली फिल्मका विभिन्न मुद्दामा एकजुट भएर अगाडि बढ्न सहमत भएका हुन् ।

शनिबार बसेको बैठकले निर्माता संघ अध्यक्ष आकाश अधिकारीको संयोजनमा विभिन्न संस्थाका संगठन प्रमुखहरु सदस्य रहने गरी ७ सदस्यीय समिति गठन गरिएको हो ।

चलचित्र प्रवद्र्धन समन्वय समिति नाम दिइएकौ सौ समितिको सदस्यहरुमा रामकेशर बोगटी, कलाकार संघ,सुचित्रा श्रेष्ठ, निर्देशक समाज, राजेन्द्र रायमाझी (युगेश रायमाझी), लेखक संघ, पुष्कर लामा,प्राविधिक संघ, सूर्य थोकर लामा,द्धन्द्ध संघ र सम्राट सापकोटा उपकरण व्यवसायी संघ, रहेका छन् ।

गठन भएको भोलिपल्ट सक्रियता देखाउँदै समन्वय समितिले आइतबार सञ्चारमन्त्रीलाई भेटी नेपाली चलचित्र क्षेत्रका विविध समस्याका सम्बन्धमा छलफल गरेको छ । संयोजक आकाश अधिकारीले आइतबारको छलफलमा निर्माणको क्रममा रहेको औद्योगिक व्यवसाय विधेयकमा रहेका केही बुँदाले नेपाली चलचित्र क्षेत्रलाई सही तरिकाले पहिचान नगरेकौ भन्दै सञ्चारमन्त्रीलाई उधोग मन्त्रालय अन्तर्गत बन्न लागोको विधेयकमा नेपाली चलचित्रको सही पहिचान हुने प्रावधान राख्न आग्रह गरेको थियो ।

प्रस्तावित विधेयकमा नेपाली चलचित्र क्षेत्रलाई सेवामुलक उद्योग अन्तर्गत प्ररम्भिक कालदेखि राखिदै आयको छ, भने हाल बन्न लागेको विधेयक २०७३ मा पनि सेवामुलक उद्योग तथा सुचना प्रशारण प्रविधि आधारित उद्योगमा पनि राखिएको छ ।

नेपालको औद्योगिक कानुनले चलचित्र क्षेत्रलाई पहिलादैखि नै सेवामुलक उद्योगभित्र राख्दै आएको छ तर, चलचित्र क्षेत्रले यो प्रावधानबाट अहिलेसम्म कुनै पनि लाभ पाएको छैन । प्रस्तावित ऐनमा चलचित्र क्षेत्रलाई सञ्चार उद्यौगमा पनि राखिएको छ ।

तर, यो प्रावधानमा बस्दा चलचित्र निर्माताले अनिवार्य रुपमा पब्लिक लिमिटेडको रुपमा फिल्म बनाउनु पर्ने व्यवस्था आउन लागेकाले यसमा रहँदा पनि फिल्मकर्मीलाई सहज नहुने भएकाले समन्वय समितिले फिल्म क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योग अन्तर्गत राख्न आग्रह गरैको छ । संयोजक आकाश अधिकारीले सञ्चारमन्त्री, आफूहरुको मागमा चासो दिंदै सकारात्मक रहेको बताए ।