२ कार्तिक २०८३, सोमबार

सारङ्गीवादक गन्धर्वलाई ‘जंगबहादुर गन्धर्व संगीत’ सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सारङ्गी सम्राट जंगबहादुर गन्धर्व संगीत प्रतिष्ठानले सारङ्गी दिवस मनाउँदै सारङ्गीवादक कृष्ण गन्धर्वलाई ‘जंगबहादुर गन्धर्व संगीत सम्मान–२०७३’ प्रदान गरिएको छ ।

दश हजार राशिसहित गन्धर्वलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । अनामनगरमा आइतबार संगीतका हस्तीहरूका बीच सारङ्गी दिवसको अवसरपारेर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तको प्रमुख आतिथ्यता गन्धर्वलाई पुरस्कार दिइएको हो ।

प्रमुख अतिथि कुलपति सरुभक्त र जंगबहादुर गन्धर्व संगीत प्रतिष्ठानकी संरक्षको हातबाट सारङ्गीवादक एवं गायक गन्धर्वलाई सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठले सारङ्गी सम्राट जंगबहादुर गन्धर्वको बारेमा स्पष्ट पार्दै रापतीको मात्र नभएर राष्ट्रकै सारङ्गी सम्राटका रुपमा परिचित हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि गायक कुमार बस्नेत, संगीतकार बीबी अनुरागी, सारङ्गीवादक श्याम नेपाली, प्रस्तोता समाज नेपालका अध्यक्ष हेमन्त शर्मा, संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, संघकै महासचिव महेश खड्का लगायतले जंगबहादुर गन्धर्वका बारेमा बाल्दै जंगबहादुर गन्धर्वको योगदान भुल्न नहुने बताएका थिए ।

उनीहरुले सारङ्गी एउटा जातिको मात्र बाजा नभएर नेपाली मौलिक बाजाका रुपमा विश्वभरि चिनाउन सक्नुपर्ने र नयाँ नयाँ प्रयोगका साथ यसलाई वैज्ञानिक रुपमा प्रस्तुत गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा सम्मानित कृष्ण गन्धर्वले सारङ्गी सम्राट जंगबहादुर गन्धर्वको नामको सम्मानले उर्जा मिलेको बताउँदै उहाँकै गीत गाउँदै सारङ्गी बजाएर स्मरण गरेका थिए ।

सारङ्गीवादक श्याम नेपालीले शास्त्रीय सारङ्गीवादन गरेर सारङ्गी दिवसलाई पूर्णता दिएका थिए ।