५ मंसिर २०८३, शनिबार

आगामी मंसिरभित्रै सबै तहको निर्वाचन गर्नुपर्छ : योगेश भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्लेरी (सोलुखुम्बु), १ फागुन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेकपा एमाले २०७४ सालको मङ्सिरभित्रमा तीनैवटा तहको निर्वाचन गराउनुपर्ने पक्षमा रहेको बताउनु भएको छ ।

आज प्रेस चौतारी नेपाल जिल्ला शाखा सोलुखुम्बुले सल्लेरीमा गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले वर्तमान सरकार चुनाव गराउने पक्षमा नदेखिएकाले सरकारको औचित्य समाप्त हुँदै गएको विचार व्यक्त गर्नु भयो ।

उहाँले व्यवस्थापिका ससंद्मा दर्ता भएको संविद्यान संशोधन विधेयक औचित्यहिन भएकाले त्यसलाई थाती राखेर चुनावको तैयारीमा सरकार जुट्नु पर्नेमा जोड दिनुभयोे ।

पत्रकारको जिज्ञासामा उहाँले चुनाव र संशोधन प्रक्रिया एक अर्कामा जोडेर हेर्न नहुने स्पष्ट पार्नुभयो । उहाँले कुनै पनि दलसँग स्पष्ट बहुमत नभएका कारण मिलेर जानुको विकल्प नरहेको बताउनुभयो ।  रासस