१ कार्तिक २०८३, आइतबार

एमालेभित्र ‘लाइन’ परिवर्तन गर्ने भीम रावलको संकेत, हेटौंडा पुगेर कार्यकर्तालाई के भने ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा २९, माघ । नेकपा एमालेका उपाध्यक्ष एवं प्रखर वक्ता भीम रावलले आगामी १० महाधिवेशनमा पार्टीभित्र ‘लाइन’ परिवर्तन गर्ने संकेत गरेका छन् ।

युवा संघले हेटौडामा आयोजना गरेको बृहत भेलामा प्रमुख अतिथिका रुपमा आएका पूर्व रक्षा, गृह र उपप्रधानमन्त्री रावलले आगामी महाधिवेशनमा ओली लाइनमा लाग्ने संकेत गरेका हुन् ।

‘तपाईंहरु कुनै नेताको पछि लागेर गुटबन्दी नगर्नुस् । के बिश्वास ! तपाईंले समातेको नेता अर्को महाधिवेशनमा लाइन परिबर्तन गरेर अर्को लाइनमा नलाग्ला। कम्युनिष्ट पार्टीभित्र महाधिवेशनको नीति र नेतृत्व स्विकार्दै पार्टीका आधिकारिक निर्णय बोकेर हिड्नुस्, त्यसले नै पार्टी एकताबद्ध र बलियो बनाउछ। पार्टीको १० बुँदे नियमावलीको मर्म यही नै हो।’, उपाध्यक्ष रावलले भने – ‘यो भन्दा फरक कसैले गुटको भेला, बैठक गर्छ भने बहिष्कार गर्नुस।’ उनको भनाइपछि हेटौंडाका अधिकांश नेता कार्यकर्ताहरुले आगामी महाधिवेशनमा रावल ओली लाइनमै लाग्ने संकेतका रुपमा विश्लेषण गरेका छन् ।

नवौं महाधिवेशनमा वरिष्ठ नेता माधव नेपालको खास भनेर चिनिएका भीम रावल पछिल्लो समय केपी ओली र महासचिव ईश्वर पोखरेलसँग निकट देखिएका छन्। महाधिवेशन लगत्तै उनले गुट भन्दा पनि पार्टी ठूलो भन्दै पार्टीको संस्थागत निर्णयलाई बोकेर हिडिँरहेका छन् । एमालेको सरकारमा रक्षामन्त्री रहेका रावलले अध्यक्ष केपी ओलीलाई खम्बाका रुपमा उभिएर सहयोग गरेका थिए ।