१ कार्तिक २०८३, आइतबार

गच्छदारको संरक्षणमा रहेका नेता लिम्बु किन परे प्रहरी फन्दामा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २९ माघ । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य जयराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
गच्छदारको संरक्षणमा रहेका लिम्बुलाई ज्यान मार्ने उद्योगमा सामेल भएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
मोरङ बयरवन ७ का शेखर राईलाई ज्यान मार्ने उद्योग गरेको अभियोगमा नेता लिम्बुलाई सुनसरीको इटहरीबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोलीले शुक्रबार पक्राउ गरेर झुम्कास्थित क्षेत्रीय कारागार पठाएको छ । उक्त अभियोगमा सर्वोच्च अदालतले पाँच वर्ष सजाय सुनाएको थियो ।

०५२ सालमा बयरवन ७ स्थित सांग्रिला हाइभिजन हलमा चलचित्र हेर्दै गरेका राईलाई जरुरी काम छ भनी हलबाट बाहिर निकालेर लिम्बुसहितको टोलीले खुकुरी प्रहार गरेको थियो । सो मुद्दामा लिम्बुसहित टंक पराजुली र ठाकुरसिंह लिम्बुलाई सर्वोच्च अदालतले २०६६ भदौ १ गते जनही पाँच वर्ष कैद फैसला गरेको थियो ।

सर्वोच्चले सजाय तोकेपनि उनी राजनीतिक दलको संरक्षणका कारण पक्राउ परेका थिएनन् ।