२ कार्तिक २०८३, सोमबार

‘जग्गा जासुस’मा २९ वटा गीत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड फिल्ममा गीतको संख्या घटिरहेका बेला अर्को नयाँ फिल्ममा भने दुई दर्जन बढी जीत राखिएका छन् । चाँडै रिलिज हुन लागेको बलिउड फिल्म ‘जग्गा जासुस’मा दर्शकले २९ ओटा गीत सुन्न पाउने छन् ।

यो फिल्ममा संगीत निर्देशक प्रितमले जग्गा जासुसमा २९ ओटा गीत भएको रहस्य खोलेका हुन् । दर्शकलाई गीतले सिनेमाभरि मनोरञ्जन प्रदान गर्ने पनि उनको दाबी गरे ।

भारतीय समाजमा गीतसंगीतको आफ्नै महत्व भएकाले दर्शक गीतमा रमाउने उनले दाबी गरे । फिल्ममा रणवीर कपुर, कैटरिना कैफलगायतको अभिनय रहेको छ । फिल्ममा रणवीर कपुर भकभक गरेर बोल्ने चरित्रमा छन् । उनले राम्ररी बोल्न नसकेकै कारण आफ्ना भावनाहरू गीतबाटै पोख्ने गर्छ । त्यसैले पनि फिल्ममा यतिधेरै गीत राखिएको प्रितमको भनाइ छ । फिल्म जग्गा जासुसलाई अनुराग बसुले निर्देशन गरेका हुन् ।

यसअघि सलमान खानको सन् १९९४ मा बनेको फिल्म हम आपकै है कोनमा १४ ओटा गीत थिए । त्यो फिल्मको भन्दा दोब्बर गीत आफूहरूले जग्गा जासुसमा राखेका पनि प्रितमले बताएका छन् ।

त्यसो त सन् १९३४ मा बनेको हिन्दी फिल्म इन्द्र सभामा ७० ओटा गीत थिए । सबैभन्दा बढी गीत भएको फिल्मका रूपमा इन्द्रसभाले गिनिज बुकमा नाम लेखाइसकेको छ । शाहरूख खानको अघिल्लो फिल्म फ्यानमा त एउटा गीत पनि थिएन । – एजेन्सी