१३ कार्तिक २०८३, शुक्रबार

‘एमालेसँग पनि वार्ता गर्न तयार छौँ’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा धेरैले ज्यान गुमाए, पिटाइ खाए, जेल–नेल र हन्डर खाए, कति त अपांग भए । यस्तो अवस्थामा खाली हात निर्वाचनमा जाऊँभन्दा जनतालाई के जवाफ दिनू ? भनेर राष्ट्रपतिसँग गुनासो गरेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

‘अहिले पहाड र तराई दुवैतिर अतिवादीहरू अगाडि आएका छन् । त्यसले जटिलता नजन्माओस् भन्नेतर्फ मुख्य राजनीतिक शक्ति बढी जिम्मेवार हुनुपर्छ । संविधान संशोधन गर्ने गरी तीनबुँदे सम्झौता गरेकाले हामीले अहिलेको सरकारलाई समर्थन गर्‍यौँ । तर, संशोधनमा छलफल हुन सकेको छैन । हामीले अड्काएको होइन, एमालेसँग पनि वार्ता गर्न तयार छौँ, सरकारको प्रस्ताव भएकाले उसलाई मनाउने मुख्य जिम्मेवारी त सरकारको हो नि’, उनले भने ।

यसैबीच राष्ट्रपति विद्यादेवि भण्डारीले महन्थ ठाकुरको प्रशंसा गर्दै आफूभन्दा पनि तपाईं धेरै सिनियर लिडर भएको बताएकी छन् । ‘महन्थजी तपाईं धेरै अनुभवी र मभन्दा पनि धेरै ‘सिनियर लिडर’ हुनुहुन्थ्यो, हुनुहुन्छ । त्यसैले मैले तपाईंलाई सधैँभरि सम्मान गर्दै आएकी छु । नेपालको राजनीतिक परिवर्तनको हरेक आन्दोलनमा तपाईंको धेरै महत्वपूर्ण योगदान छ, अहिलेको यो जटिल परिस्थितिमा पनि निकास निकास खोज्न भूमिका खेल्नुस्’, उनले भनिन् ।