१३ कार्तिक २०८३, शुक्रबार

तीन जना डीआईजीमा बढुवा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । सरकारले सशस्त्र प्रहरी बलको रिक्त तीन नायव महानिरीक्षक (डीआईजी) पदमा वरिष्ठ उपरीक्षक (एसएसपी)हरु खड्गबहादुर राई, बसन्तकुमार बानियाँ र मन्दिप श्रेष्ठलाई बढुवा गरेको छ । उपप्रधान तथा गृहमन्त्रीस्तरको बिहीबारको निर्णयले राई, बानियाँ र श्रेष्ठलाई डीआईजीमा बढुवा गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

बढुवा भएका तीनै जनालाई सोमबार नै सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले दज्र्यानी चिन्ह प्रदान गरे । कार्यक्रममा उनले जेष्ठता, व्यावसायिक क्षमता, कार्यदक्षता एवं कार्यकूशलताको आधारमा पदोन्नत्ति गरिएको बताए । आईजीपी राईले बढुवा विधि, प्रकृया र सिष्टममा रहेर पदोन्नती गरिएको उल्लेख गर्दै समयको गतिसँगै पदोन्नत्ति जस्ता नियमित कार्यले निरन्तरता पाउने चर्चा गरे ।

समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती शिला राई तथा संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु डा।कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, शैलेन्द्र खनाल र जीतबहादुर पुनलगायत एपीएफ अधिकृतहरुको उपस्थिति रहेको थियो ।