चितवन, २७ माघ । चितवन जिल्ला विहिबारदेखि लोडसेडिङ मुक्त भएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राम दुलार यादवलाई विहिबार विहान फोन गरेर चितवनमा अब लोडसेडिङ नहुने जानकारी दिएका छन् । ‘मलाई आज मात्र जानकारी र निर्देशन प्राप्त भएको छ,’ प्रमुख दुलारले भने– ‘आजदेखी हाम्रो चितवन लोडसेडिङ मुक्त भयो ।’
एक सातादेखी चितवनमा लोडसेडिङ नभएको जानकारी दिदै उनले औधोगिक फिडरमा भने लोडसेडिङ हुने बताए । पूर्व तालिका अनुसार नै औद्योगिक फिडरमा लोडसेडिङ हुने छ । राति ८ः३० देखी विहान ६ वजेसम्म र विहन ९ वजेदेखी अपरान्ह ४ वजेसम्म विजुली आउने छ । प्राविधिक समस्या र मर्मत सम्हारको समय बाहेका अन्य बेला चितवनमा लाइन नकाटिने दुलारले बताए । यसअघि चितवनमा दैनिक ४ घण्टा लोडसेडिङ हुदै आएको थियो ।
कृष्ण आचार्यबाट ।











प्रतिक्रिया