१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीले बोलाए आफ्नै दलका शीर्ष नेताहरूको बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । निर्वाचनको विषयमा प्रमुख दलहरूका नेताहरूबीच आरोप प्रत्यारोप चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री दाहालको निवास बालुवाटारमा अपरान्ह ३ बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुनेछ । स्रोतका अनुसार स्थानीय निर्वाचनको मिति र दलहरूसँग अहिलेसम्म भएका परामर्शहरूका विषयमा छलफल हुनेछ ।

निर्वाचनको मिति घोषणा गर्न नसकेको भन्दै आलोचना खेप्दै आएका प्रधानमन्त्री दाहालले कसरी अगाडि बढ्ने भन्ने विषयमा पार्टीमा सल्लाह गर्न थालेका हुन् ।

मधेसी मोर्चासँगको सहमतिअनुसार संविधान संशोधन विधेयक पारित गर्न दाहाललाई दबाब छ । दबाब रहे पनि प्रधानमन्त्री दाहालले निर्वाचनको मिति घोषणा अगाडि संशोधन विधेयक पारित गर्ने बताउँदै आएका छन् । तर, संशोधन विधेयक पारित हुने कुनै आधार पल्लिो समय देखिन छाडेको छ ।