१३ कार्तिक २०८३, शुक्रबार

गण्डकीका नक्कली प्रोफेसर खडेवावा कता गए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २७ माघ । करिव दुई महिना लामो हड्तालबाट ग्रसित गण्डकी मेडिकल कलेज व्यवस्थापन पक्ष अन्ततः आन्दोलनकारी पक्षसँग झुक्न वाध्य भएको छ । गत हप्ता भएको संझौता अनुसार कलेज व्यवस्थापन पक्ष आन्दोलनरत फ्याकेल्टी एसोसियन पक्षले राखेको माग सम्वोधन गर्न बाध्य भएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

गण्डकी मेडिकलका फ्याकेल्टी एसोसिएसनले सुरुमा प्रस्तुत गरेको चारवटै माग पुरा भएपछि हड्तालरत पक्ष काममा फर्किएको छ । सहमती अनुसार निस्काशनमा परेका चिकित्सकहरूको निस्कासन भएकै मितिवाट पुनर्वहाली गर्ने, हरेक महिनाको १५ गतेभित्र अघिल्लो महिनाको तलव दिइसक्नुपर्ने, २०७३ साल चैत्र ३० गते भित्र २ वर्ष अवधि काम गरेका कर्मचारीहरूलाई स्थायी गर्ने र ७ हजार रुपैया फल्याटमा प्रति महिनाको दरमा तल वृद्धि गर्ने रहेको छ ।

५ हप्ता सम्मको आन्दोलन हुँदा पनि माग पुरा नभए पछि आन्दोलनकारीले थपेका दुईवटा माग भने सहमतिबाट पछि निस्तेज पारिएका छन् । पछि थपिएका मागहरूमा नक्कली प्रोफेसरहरू छानविन गरेर कारवाही गरिनु पर्ने र खडेवावा अन्त्य हुनुपर्ने रहेका थिए । कलेज व्यवस्थापन र आन्दोलनकारीवीच भएको सहमतीमा यी दुई मागको कतै सम्वोधन भएको छैन । आन्दोलनकारीले बताए अनुसार ३ वर्ष पढाएर प्राध्यापक बनेकाहरूको वारेमा छानविन गर्नुपर्ने थियो । अर्को तर्फ किर्ते फाइल खडा गरेर प्राध्यापक सुचिमा दर्ज भएका खडेवावाहरू रहित कलेज बनाउनु पर्ने थियो तर आन्दोलनकारी र कलेज व्यवस्थापन पक्षबीच लेनदेन संझौता हुदाँ यी अर्थपूर्ण र महत्वपूर्ण मानिएको माग संम्वोधन नहुनुले थप रहस्य सिर्जना गराएको छ ।

यसमा आन्दोलनकारीले सुविधा वार्गेनिङ संवोधनकै लागि मात्र माग रोको भन्दै कतिपय जानकारहरूले टिप्पणी गरेका छन् । यता कलेज व्यवस्थापन पक्ष नक्कली प्रोफेसर र खडेवावा को माग प्रकरणवाट वढी दवावमा रहेको वुझिएको छ । राज्यका नियमनकारी निकाय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगवाट हुन सक्ने छानविन र त्यस वाट आउने परिणाम वाट तर्सिएर प्रकरणलाई साम सुम पार्न अन्य चारवटा माग पुरा गरेको आंकलन गरिएको छ ।

मेडिकल कलेजका संचालक खुमा प्रसाद अर्याल स्वयम् पनि विवादको घेरावाट मुक्त हुन सकेका छैनन् भने कतिपय विषयमा आफ्नै कर्मचारहिरूवाट भएका लापरवाही र गल्ती कमजोरीका कारण कमजोर र विवादित वन्ने गरेका छन् । ढिलै भएपनि गण्डकी मेडिकल कलेजले तत्काललाई निकास पाएको छ । विरामीहरूले उपचार पाएका छन् । अध्ययनरत विद्यार्थीहरूले अध्ययन मैत्री वातावरणको अपेक्षा गरेका छन् । स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्र हड्ताल मुक्त हुनुपर्छ भन्ने जान्दा जान्दै पनि निति र नैतिकता समेत विर्सेर हड्ताल गर्ने र हड्ताल गर्ने पर्ने गरि वातावरण सिर्जना गर्ने दुवै तत्वले सोच्न पर्ने भएको छ ।

औषधी भित्रै तर ल्याव वाहिर

गण्डकी मेडिकल कलेजमा उपचारर्थ भर्ना भएका विरामीहरूलाई वाहिरको फार्मेसीमा गएर औषधी किन्न निषेध छ । विरामीलाई डाक्टरले लेखिदिएको प्रेस्कृप्सन सिधै अस्पतालको आफ्नै फार्मेसीमा पुग्छ र कुरुवाले गएर पैसा तिरेर औषधी ल्याउनु पर्छ । विरामीलाई औषधीमा छुट पनि पाइन्न तर पनि वाध्य पारिन्छन् विरामी । अस्पताल वाहिरको फार्मेसीमा औषधी किन्दा १० प्रतिशत सम्म छुट पाउने विरामीले छुटवाट वञ्चित हुनु परेको भन्दै कुरुवा शर्मिला गौतमले तितो पोखिन । यसरी दवाइमा सिण्डिकेट लाद्ने मेडिकल कलेजले आफूले गर्ने पर्ने काम भने नगरेर निजी ल्यावमा पठाउने गरेको छ ।

विरामीको ल्याव स्याम्पल न्यूरोड स्थित लाइफकेयरमा पठाउने गरेको तथ्य सराङकोटले यस अघि नै सार्वजनिक गरिसकेको छ । ल्याव संचालक र कलेजको ल्याव कर्मचारीहरू एउटै भएका कारण मिलेमतोमा व्यापार प्रयोजनका यसरी ल्याव स्याम्पलहरू दौडाइने गरिएको बुझिएको समाचार प्रकाशन भएपछि ल्यावका केही कर्मचारी र संचालक जो गण्डकी मेडिकलका ल्याव विभागका कर्मचारी छन् उनीहरू पत्रिकाको सेटिङ हुने कार्यालयमा पुगेर जथाभावी बोल्दै जे पनि हुन सक्ने भन्दै धम्की दिएका थिए ।

समाचारमा चित्त नवुझे न्याय खोजने वाटो हुँदा हुँदै गुण्डा गर्दी सैली अपनाएर पत्रकार र पत्रिका माथि धावा बोल्ने काम गर्नु भन्दा त्रृटि सच्चाउन तिर लाग्नु राम्रो हुनेथियो कि ? त्यसो त मेडिकल कलेज जस्तो ठूलो प्रतिष्ठानले ल्याव जाँच गर्ने मेसिन नराख्नु आफैमा अनौठो कुरा हो । मेडिकल कलेजका विरामीहरूको उपचार मात्र मा हैन की अध्ययनरत चिकित्सा शास्त्रका विद्यार्थी र अध्यापक प्राध्यापकहरू समेतलाई समस्या परेको छ ।

अरवौ खर्चेर संचालित कलेजले करोड खर्च गरेर ल्याव मेसिन राख्नु ठूलो कुरा नहुन सक्छ । तर, लगानीकर्ता खुमाप्रसाद अर्याललाई कलेजका उच्च अधिकारी र ल्यावका इञ्चार्जहरूले त्यसको वारेमा सुइको पत्तो नदिएर संस्थाको कामलाई व्यक्तिगत शुभलाभमा जोडेर हेरेको हुन सक्ने कतिपयले टिप्पणी गरेका छन् ।

पुष १२ गते सराङकोटले समाचार प्रकाशन गरेपछि गण्डकी मेडिकल व्यवस्थापनले केहि महत्व पूर्ण ल्याव मेसिन खरिद गर्ने प्रकृया अगाडि वढाएको स्रोतले दावी गरेको छ । व्यवस्थापनले जनगुनासो सुनेर सम्वोधन गरेमा सेवाग्राहीहरूले जनगुनासो सुनेर सम्वोधन गरेमा सेवाग्राहीहरूले सर्वसुलव मुल्यमा ल्याव जाँच सेवा अस्पताल भित्रैवाट पाउने अपेक्षा राखेका छन् । विरामीले आफ्नो खर्चमा किन्ने औषधी आफ्नै खुसीले रुचाएको पसलवाट किन्न पाउनु पर्ने अधिकारलाई गण्डकी मेडिकल कलेजले कुण्ठित पार्नु हुन्न ।

प्रतिस्पर्धामा छुट मागेर किन्न पाउने उपभोक्ता अधिकार सुरक्षित हुनु पर्छ त्यसो होइन भने अस्पताल फार्मेसीले पनि विरामीलाई वाहिरी प्रतिस्पर्धा अनुसार छुट दिन सक्नुपर्छ । यस विषयमा उपभोक्ता अधिकारकर्मीहरू र राज्य प्रसाशनको ध्यान जान जरुरी छ । मनोमानी गर्न नपाएपछि पाखुरा सुर्केर पत्रकारलाई धम्की दिनेहरूलाई निरुत्साही पार्न पत्रकार महासंघ र प्रहरी प्रशासनले निगरानी गरेर कार्यक्षेत्रमा खटिने पत्रकारहरूको सुरक्षको सुनिश्चितता गरिनु पर्छ ।