काठमाडौं, २६ माघ । नेपाली प्रविधि अनुसन्धानकर्ता रामलक्ष्मण रिमालले नेपालमा हुने आगामी निर्वाचनमा स्वदेशमै बनेको नेपाली भोटिङ् मेशिनलाई प्रयोगमा ल्याउन सरकारसामू आग्रह गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुले आफूहरुले निर्माण गरेको मेसिनले नेपालमा सबै प्रकारको निर्वाचन गराउन सक्ने दाबी गरे ।
उनीहरुले यसअघि आफूहरुको मेशिनमार्फत नेपालमा ५२ वटा निर्वाचन सम्पन्न गराईसकेको समेत जनाए। अनुशन्धानकर्ता राम रिमालले भने, ‘हामीले विगत ७ बर्षदेखी नेपालमाहुने मतदान प्रकृयालाई विश्वसनीय, पारदर्शी, किफायती, मतदातामैत्री र छिटोछरितो बनाउनको लागि हाम्रो आवश्यकता अनुसारको विद्युतीय मतदान यन्त्र नेपालमै उत्पादन गरी आजको दिनसम्ममा ५० औं अति कठिन निर्वाचन समेत सम्पन्न गरिसकेको कुरा जानकारी गराउँदछौं ।’
हिजो मंगलबार निर्वाचन आयोगको कार्यालयमा विदेशी भोटिङ् मेशिनको उपकरणको प्रयोगबारे प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड लगायत विभिन्न दलका नेताहरुसँग अन्तरक्रिया कार्यक्रम गरेका भोलिपल्टै आज उनीहरुले पत्रकार सम्मेलन गरेर यस्तो कुरा राखेका हुन् ।
कार्यक्रममा ईन्जिनियर डा. नन्द विक्रम अधिकारीले गरि खाने युवाहरुलाई राज्यले बेवास्ता गरेका गुनासो पोखे। स्वदेशमै उत्पादन भएका यस्ता विश्वबजारमा प्रतिपष्र्धा गर्न लायक मेशिनहरुको उपयोग गर्न छोडेर विदेशी मेशिन भित्र्याउन खोज्नु गलत भएको उनको टिप्पणी थियो। उनले भने,‘हाम्रो देशका युवाहरु विरामी देशलाई नै उपचार गर्ने अभियानमा हुनुहुन्छ, उहाँहरुलाई प्रोत्साहन गर्नुको सट्टा उल्टै निरुत्साहित पार्ने काम गरिरहेको छ।’
उनले आजको युगमा नेपाली अनुशन्धानकर्ताले निर्माण गरेको यो भोटिङ संसारका अन्य विकसित मुलुकमा निर्माण भएका मेशिनहरुभन्दा कम नभएको जिकिर गरे।
त्यस्तै राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महाविर पुनले नेपाली युवाहरुको क्षमता असाधारण क्षमता भएको उल्लेख गर्दै भने,‘नेपाली युवाहरुमा आविष्कार, प्रविधि लगायत अन्य क्षेत्रमा असधारण क्षमता छ, तर उनीहरुको क्षमतालाई राज्यले उचित मुल्यांकन गरेनन्, यसको शिकार त म आँफैपनि भएको छु।’
पूनले नेपाली मेशिन स्वदेशमा कुनै कारणले प्रयोग नगरिए पनि भोलिका दिनमा यसले विश्व बजारमा आफ्नो उपस्थिति दरिलो बनाउने दाबी गरे।
फरक प्रसँगमा उनले आफू नेपालमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्नको लागि आगामी एक वर्षसम्मका लागि महादान अभियानमा माँग्ने भएर हिँडेको बताउँदै माँग्नेको विल्ला तत्काल हटाउनको लागि आफू प्रयासरत भएको जनाए ।












प्रतिक्रिया