मुम्बई । बलिउड इन्डष्ट्रीमा कुनै बेला धमाका मच्चाएकी नायिका मनिषा कोइराला अहिले गमुनाम जस्तै छिन् । अर्खरै मात्र उनी आफूभन्दा ११ वर्ष पाको अभिनेता सञ्जय दत्तकी आमाको भूमिकामा देखिन बाध्य भएकी छन् ।
पर्दामा शाहरुख खान, सलमान खान र आमिर खानसंग मुख्य भूमिकामा खेलिसकेकी नायिका कोइराला आज सञ्जय दत्तकी आमाको भूमिकामा खेल्न बाध्य भएकी हुन् ।
९० को दशकमा चर्चित बनेकी कोइरालाले ‘बाम्बे’, ‘अकेले हम अकेले तुम’, ‘खामोशी’, ‘सौदागर’, ‘दिलसे’ र ‘लज्जा’ जस्ता चर्चित फिल्ममा काम गरेकी थिइन् । उनले कैयौं अवार्डहरु पनि जितेकी छन् ।
निर्माता–निर्देशकको नजरमा परेकी कोइराला अहिले सञ्जयदत्तकी आमाको भूमिकामा देखिन किन तयार भइन् भन्ने सबै अचम्ममा परेका छन् ।
उनले अनिल कपूरदेखि सलमान, शाहरुख, आमिर हुँदै जैकी श्राफ र अजय देवगनसम्मको अभिनेतासम्म काम गरिन् । तर, आज उनको भाग्यले पल्टी खाएको छ, जसले गर्दा उनी आफू भन्दै धेरै पाको अभिनेताको आमाको भूमिकामा देखिन तयार भइन् ।

राजकुमार हिरानीले संजय दत्तको जिन्दगीमा बनाउन लागेको एक बायोपिक फिल्ममा कोइराला देखिने छिन् । जहाँ रणबीर कपूर सञ्जय दत्तको भूमिकामा देखिने छन् । सोही फिल्मा मनिषा सञ्जयकी आमा अर्थात नर्गिसको भूमिकामा देखिने छिन् । यसभन्दा पहिले मनिषाले सञ्जय दत्तको नायिकाको भूमिका निभाइसकेकी छन् । जसमा ‘महबूबा’, ‘बागी’, ‘अचानक’ लगायतका फिल्म छन् ।
यसै कुरालाई लिएर राजकुमार हिरानी पनि अचम्मित भएका छन् । नायिका भइसकेपनि मनिषाले कुनै हिरोको आमाको भूमिकालाई स्वीकार गरिन् ।
मनिषलाई जस्तै नर्गिसलाई पनि क्यान्सर थियो
हिरानीका अनुसार नर्गिसको पनि क्यान्सरकै कारण मृत्यु भएकाले मनिषा यो भूमिकामा देखिन तयार भएकी हुन् । मनिषालाई पनि २०१२ मा क्यान्सर लागेको थियो । तर, उनको उपचारपछि अहिले उनी स्वस्थ छिन् । यस बीचमा उनी फिल्म क्षेत्रभन्दा टाढा थिइन् ।
















प्रतिक्रिया