१३ कार्तिक २०८३, शुक्रबार

देउवाले प्रचण्डलाई दिए सरकार छाड्ने धम्कीः विमलेन्द्र निधिलाई पनि यसरी थर्काए!

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिबीच प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी विषयलाई लिएर गम्भीर मतभेद पैदा भएको छ ।

निधि गत साता नै आइजीपी नियुक्तिसम्बन्धी प्रस्ताव मन्त्रीमण्डलको बैठमका प्रस्तुत गरी निर्णय गराउन चाहानुहुन्थ्यो ।

आफ्ना सचिव लोकदर्शन रेग्मीलाई आइजीपी नियुक्तिसम्बन्धी प्रस्ताव तयार गर्न आदेश दिनुहुंदा गृहसचिव रेग्मीले कसको नाम राखेर प्रस्ताव बनाउने भनी जिज्ञासा राखेको र निधिले बरियताक्रममा अगाडि रहेका नवराज सिलवाललाई नियुक्ति गर्न प्रस्ताव तयार गर्न भन्नुभएको थियो । तर सचिव रेग्मीले सिलवाललाई नियुक्त गर्न नसकिने भन्दै प्रस्ताव तयार गर्न मानेन् ।

निधिले गत बिहीबार पार्टी सभापति शेरबहादुर देउवासँग भेटी नवराज सिलवाललाई आइजीपी बनाउन प्रस्ताव गर्नुभएको थियो । देउवा त्यस कुरामा सहमत हुनुभएन । बरु भननुभयो ‘देशमा यो बर्ष चुनाव गराउनुपर्नेछ, त्यसैले नवराज सिलवाललाई आइजीपी बनाउने पक्षमा म छैन ।’ कुरा सुनेपछि झोक्निुभएका निधिले ‘त्यसो भए म गृहमन्त्रीबाट राजीनामा दिन्छु’ भन्नुभएको बुझिएको छ । तर देउवाले आफ्नो अडान बदल्नुभएन ।

देउवाले सिलवाललाई आइजीपी नियुक्त गरे आफू कुनै पनि कदम चाल्न बाध्य हुने भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत आइतबार माघ २३ गते चेतावनी दिनुभएको छ । नियुक्तिमा अन्यथा भए सरकार छाड्ने चेतावनी पनि देउवाले दिनुभएको छ ।

आजको घटना र विचार साप्ताहिकमा खबर  छ ।