१ कार्तिक २०८३, आइतबार

तपाईलाई कब्जीयत छ ? जान्नुस् बच्ने पाँच उपाय

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । कब्जीयत एक यस्तो समस्या हो, जसले मानिसलाई निकै दुःख दिन्छ । मानिसहरु अस्पताल धाउँदा धाउँदै थाक्ने पनि गर्छन् । यसलाई घरलु उपचारले पनि ठीक गर्न सकिन्छ ।

थाहा पाउनुहोस्:

कागती

कब्जीयतबाट राहत पाउनका लागि कागती एक सजिलो उपाय हो । कागतीले विषाक्त पदार्थ शरीरबाट बाहिर निकाल्ने गर्छ । यसको सेवनका लागि कागतीमा आधा चम्चा नुन र केही मह राख्नुस् । केही छिनमा त्यसको असर देखिने छ ।

गुड

राति सुन्नुभन्दा पहिले गुड खाए कब्जीयतको समस्या समाधान हुन्छ । गुड भिटामिन र मिनरल्सबाट भरपुर हुन्छ । यसलाई तताएर खाएरमा छिटो आराम दिन्छ ।

सौंफ

सौंफमा भएको तत्वले पाचन यन्त्रलाई बमजबुद बनाउने गर्छ । सबैभन्दा पहिले सौंफलाई सुकाउने र धुलो पारेर पिस्ने । दिनमा दुई–तीन पटक आधा–आधा चम्चाको सेवन गर्नुहोस् ।

पालुङ्गो

कब्जीयतबाट छुटकारा पाउनका लागि डाइटिङ्ग गर्नुपनि जरुरी छ । यदि तपाईलाई अधिक कब्जीयत भइरहेको छ भने दैनिक आधा गिलास पालुङ्गोको जुसमा आधा गिलास पानी मिलाएर खानुहोस् ।

अंगुर

तपाई दैनिक रुपमा करिब एक पाउ अंगुर खानुहोस् वा यसको जुस खानुहोस् कब्जीयतबाट छुटकारा पाउनुहुन्छ । अंगुरको स्थानमा तपाईले हरेक दिन विहान पानीसंग भिजाइएको किशमिश पनि खान सक्नुहुन्छ ।

मह

दिनमा तीन पटक दुई चम्चा मह खान सकेमा कब्जीयतबाट छुटकारा पाउन सकिन्छ । यसको अलावा तपाई विहानै उठेर पानीमा कागतीको जुस र मह मिलाएर पनि खान सक्नुहुन्छ ।