१ कार्तिक २०८३, आइतबार

दिल्लीमा एमाले नेताले भारतविरुद्ध यसरी धावा बोले

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा भारतीय हस्तक्षेपलाई परास्त गरेरै छाड्ने बताएका छन् ।

पार्टीको प्रवास संगठन प्रवासी नेपाली संघको केन्द्रीय बैठकमा भाग लिन भारत पुगेका गुरुङले दिल्लीमा सञ्चारकर्मीसँग कुरा गर्दै संसदमा दर्ता गरिएको संविधान संशोधन विधेयक असफल बनाएर एमालेले भारतलाई पराजित गरेरै छाड्ने उद्घोष गरे ।

संविधान संशोधनका लागि संसदमा प्रस्तुत गरिएको विधेयक भारतको प्रत्यक्ष इशारामा आएको दाबी गर्दै दिल्लीमा गुरुङ भने- ‘भारतको इशारामा प्रचण्ड र देउवाले अघि सारेको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन दिँदैनौं । एमालेसँग पटक पटक हारिसकेको भारतलाई संविधान संशोधन विधेयक असफल पारेर फेरि एकपटक हराउँछौं ।’

नेता गुरुङले भारतलाई अब नेपाली जनताले ठुल्दाईको रुपमा नमान्ने भन्दै नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए ।