२ कार्तिक २०८३, सोमबार

डी.आई.डी.को उपाधि तुलसीपुरकी आसिका रजौरेलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । मध्य पश्चिमाञ्चल स्तरीय नृत्य प्रतियोगिता डान्स आईकन (डी.आई.डी)को उपाधी दाङ तुलसीपुरकी आसिका रजौरेले जितेकी छन् ।

घोराहीमा आयोजित अन्तिमस्पर्धामा १७ प्रतिस्पर्धीलाई उछिन्दै रजौरेले उपाधी चुमेकी हुन् ।

रजौरेले उपाधीसँगै १ लाख ११ हजार एकसय ११ रुपियाँ नगद, मोबाईल सेट, गिफ्ट ह्याम्पर र ५ वटा म्युजिक भिडियो अभिनयको अफर प्राप्त गरेकी छिन् ।
कोरियो ग्राफर दीपक चौधरी र मोडल रीना थापा मगर निर्णयक रहेको प्रतियोगितामा लेडीफस्टको उपाधी सीया लामिछाने र जेन्स फस्टको उपाधी आकाश बिकले प्राप्त गरेका छन् ।

विजेताहरूलाई युवा व्यवसायी केशव नेपालीले विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बिभिन्न बिधाका बिजेता पनि छानिएका छन् । सोही कार्यक्रममा मोडल लोसिना लामिछान बेष्ट कोरियो ग्राफर घोषित भइन् ।

दाङ जिल्लालाई आधार मानेर नृत्य प्रतियोगिता डान्स आईकन दाङ (डी.आई.डी) आयोजना गरिएको हो ।