काठमाडौं, २३ माघ । निर्वाचनको मिति घोषणा र संविधान संशोधनको विधेयकलाई लिएर कांग्रेस र प्रधानमन्त्री पुष्पकमल दाहालबीच चिसोपना बढिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूलाई वार्तामा बोलाएका छन् ।
काठमाडौंको बुढानिलण्ठस्थित आफ्नै निवासमा आजै अपरान्ह ३ बजे सभापति देउवाले मोर्चाका नेताहरूलाई बोलाएका हुन् ।
कांग्रेस सभापति देउवासँगको भेटघाटका क्रममा मुलुकको पछिल्लो अवस्था र संविधान संशोधन विधेयकका विषयमा छलफल हुन सक्ने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले बताए ।
मधेसी मोर्चाले परिमार्जनसहित संविधान संशोधनको विधेयक पारित गरेर निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गर्दै आएको छ ।
प्रधानमन्त्री दाहालले भने मधेसी मोर्चा र एमालेले नमान्दासम्म निर्वाचनको मिति घोषणा नगर्ने बताउँदै आएका छन् । यही विषयमा कांग्रेस र प्रधानमन्त्रीबीच तिक्तता बढेको आरोप लगेको हो ।











प्रतिक्रिया