१ कार्तिक २०८३, आइतबार

प्राइम र एचएचसीएलाई उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । प्राइम कलेजले प्लस टु ब्वाइज र एचएचसीएले सिनियर ब्वाइजमा १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् ।

शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा भएको प्लस टु ब्वाइज फाइनलमा प्राइमले जेभियर इन्टरनेसनल कलेजलाई ६१–४० ले पराजित ग-यो । विजयी टिमका लागि प्रहलाद बस्नेतले १५ अंक योगदान गरे ।

सिनियर ब्वाइजको उपाधि भिडन्तमा एचएचसीएले पुष्पसदनलाई ५०–४३ हराउदै लगातार तेश्रोपटक च्याम्पियन बन्यो । एचएचसीएका विशाल राईले २५ अंक जोडे ।

प्रतियोगितामा समावेश चार विधा मध्ये बिहीबार नेरिक एकेडेमीले जुनियर ब्वाइज तथा रिलायन्स रेसिडेन्सियल स्कुलले सिनियर गल्र्सको उपाधि जितेका थिए ।

प्लस टुमा प्राइमका प्रहलाद बस्नेत, सिनियर ब्वाइजमा एचएचसीएका विशाल राई, जुनियर ब्वाइजमा नेरिकका सुजन खत्री र सिनियर गल्र्समा रिलायन्सकी रिना भण्डारी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, ज्ञान निकेतनका संरक्षक लीला कुँवर, प्रिन्सिपल शेरबहादुर कुँवर र को–ओर्डिनेटर सञ्जयजित कुँवरले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । माघ १० गतेदेखि सुरु प्रतियोगिताको प्लस टुमा १४, सिनियर ब्वाइजमा १२ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा ८–८ टिम सहभागी थिए ।