१ कार्तिक २०८३, आइतबार

भारतको राष्ट्रपति कार्यालयमा आगलागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २१ माघ । भारतको राजधानीमा रहेको राष्ट्रपति भवनमा शुक्रबार आगलागी भएको छ । सरकारी उच्च अधिकारीहरुले आगलागीबाट कुनै मानवीय क्षति भने नभएको स्पष्ट पारेका छन् ।

स्थानीय समयअनुसार बिहान ८ः४० मा लेखा शाखाबाट आगलागी सुरु भएको थियो । आगलागीमा परी टेबल, कुर्सीसहित केही फर्निचर जलेको उनीहरुले जानकारी दिएका छन् ।

विद्युत् आपूर्तिमा भएको गडबडीका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको छ ।

बेलायतले भारतमा शासन गरेको बेला बनाइएको सो भवनमा ३०० कोठा रहेका छन् । – सिन्ह्वा