१३ कार्तिक २०८३, शुक्रबार

नेपाली सेनाबारे सरकारले गर्दैछ अहिलेसम्मकै नयाँ निर्णय, रिपोर्ट रक्षामन्त्रीको हातमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । मुलुक संघीय संरचनामा गएपछि एक मात्र भरपर्दो सुरक्षाको कडीका रूपमा रहेको नेपाली सेनाको संरचनालाई आधुनिकीकरण तथा सुदृढीकरण गर्न गठित आयोगले आफ्नो प्रतिवेदन बिहीबार रक्षा मन्त्रालयलाई बुझाएको छ।

पूर्वसचिव देवेन्द्र सिटौलाको संयोजकत्वमा गठित समितिले सेनाको जिम्मेवारी तथा भूमिकाको विश्लेषण गर्दै अहिलेको संरचनामा परिर्वतन गर्न समेत सिफारिस गरेको छ।

समितिको प्रतिवेदन बुझ्दै रक्षामन्त्री खांडले प्रतिवेदन कार्यान्वयन गराउन आफूले आजैबाट शुरु गर्ने र नेपाली सेनालाई सबल र सक्षम बनाउन आफूले खेल्नुपर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने बताए । प्रधानसेनापति राजेन्द्र क्षत्रीले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका लागि सेना जस्तोसुकै विषम परिस्थिमा पनि अटल रहने जानकारी गराए । 

समितिले विगतका विभिन्न समितिले दिएको सुझावलाई अध्ययन गरी सेनाको पुनर्संरचना गर्न तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनासहितको योजना लागू गर्न सुझावसमेत दिएको रक्षा मन्त्रालयले जानकारी दिएको छ।

रक्षामन्त्री बालकृष्ण खाँडलाई बुझाएको प्रतिवेदनमा सेनाको सुदृढीकरण तथा आधुनिकीकरण गर्नका लागि संगठनात्मक संरचनाको पुनर्संरचना व्यावसायिक दक्षता अभिवृद्धिका लागि कार्यान्वयन गर्नुपर्ने योजनासमेत समितिले सिफारिस बुझाएको मन्त्रालयका सहायक प्रवक्ता गणेश आचार्यले बताउनुभयो।

समितिले राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई थप प्रभावकारी बनाउन र रक्षा मन्त्रालयको संगठन संरचनालाई समेत अझ प्रभावकारी बनाउनसमेत सिफारिस गरेको छ।

अहिले मन्त्रालयले जति गर्नुपर्ने हो त्यो गर्न नसकेको र सेना र मन्त्रालयबीच हुने महत्त्वपूर्ण विषयमा निर्णयसमेत एक अर्काका बीच समन्वय हुन नसक्दा मनमुटाव हुने विगतको अवस्थालाई अन्त्य गर्न समेत समितिले बुझाएको सिफारिसमा उल्लेख गरिएको समितिका एक सदस्यले जानकारी दिए।

लामो समय रक्षा मन्त्रालयको विभिन्न जिम्मेवारी सम्हालेर अवकास लिनुभएका सिटौलाको संयोजकत्वमा गठित समितिको प्रतिवेदन कार्यान्वयनमा आए मन्त्रालय तथा सेनाबीच रहने दूरी अन्त्य हुने पनि समितिका ती सदस्यले जानकारी दिए।

समितिले अहिलेको नेपाली सेनाको संरचना परम्परागत रूपमा रहेकाले उनीहरूको अहिलेको संरचनामा आमूल परिवर्तन गरी मुलुकको सुरक्षाका लागि सेनालाई थप प्रभावकारी बनाउने र उनीहरूको गतिविधि मन्त्रालयले अनुगमन गर्नुपर्नेसमेत उल्लेख गरिएको छ।

समितिको प्रतिवेदन बुझ्दै मन्त्री खांडले प्रतिवेदन कार्यान्वयन गराउन आफूले आजैबाट शुरु गर्ने बताउनुभएको थियो। उहाँले नेपाली सेनालाई सवल र सक्षम बनाउन आफूले खेल्नुपर्ने भूमिकामा कुनै कसर बाँकी नराख्नेसमेत बताउनुभएको थियो।

कार्यक्रममा सहभागी हुनुभएका प्रधानसेनापति राजेन्द्र क्षत्रीले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका लागि सेना जस्तोसुकै विषम परिस्थिमा पनि अटल रहने जानकारी गराउनुभएको थियो।

नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।