२ कार्तिक २०८३, सोमबार

सीके राउतमाथि राज्यविरुद्धको संगठित अपराध मुद्दा, कति हुन्छ सजायँ ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, २१ माघ । स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतविरुद्ध प्रहरीले राज्यविरुद्धको संगठित अपराध मुद्दा चलाएको छ ।

देश विखण्डन गर्ने योजना बनाएको आरोपमा पक्राउ परेका राउतलाई अदालतबाट म्याद थप गराई राज्यविरुद्धको संगठित अपराध मुद्दामा कारवाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।

विहिवार जनकपुर नपा ३ माछाबजार नजिकै रहेको डेराबाट राउतलाई सिरहा र धनुषाको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ लगत्तै राउतलाई ईलाका प्रहरी कार्यालय लहान ल्याइयो । र, आज ईप्रका लहानले म्याद थपका लागि जिल्ला अदालत सिरहामा पेस गरेको छ ।

राउतमाथि राज्यविरुद्धको संगठित अपराध मुद्दा दर्ता भएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा डिएसपी राजकुमार केसीले जानकारी दिए । उनले भने– ‘जिल्ला अदालतबाट सात दिनको म्याद लिएर राउतमाथि संगठित अपराध ऐन २०७० अनुसार कारबाही प्रक्रिया अगाडी बढाउँछौं ।’

कति हुन्छ सजायँ ?

नेपालको कानूनअनुसार राज्यविरुद्धको संगठित अपराध मुद्दामा कम्तीमा १० वर्ष र बढीमा जन्मकैदको सजाय हुन्छ । राउतमाथिको अभियोग अदालतबाट प्रमाणित भएमा उनलाई यो सजायँ हुनसक्छ ।