काठमाडौं, २० माघ । पूर्वराजा ज्ञानेन्द्र शाह र बुहारी आज बिहीबार थाइल्यान्ड भ्रमणमा जानुहुने भएको छ । साताव्यपी भ्रमणको लागि दुवै जना थाइल्यान्ड जान लाग्नुभएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
उहाँहरुभन्दा अगाडि हिमानीपुत्र हृदयेन्द्र हिजो थाइल्यान्ड गएका थिए ।
एक महिना लामो विदेश बसाइपछि नेपाल फर्किएको पूर्वराजाको परिवार पुन एक साताको भ्रमणको लागि थाइल्यान्ड जान लागेको हो ।
यो भ्रमण घुमघामको लागि मात्रै भएको निर्मल निवास स्रोतले जनाएको छ ।












प्रतिक्रिया