१३ कार्तिक २०८३, शुक्रबार

एयर मार्सल राख्न खोज्ने भारतलाई नेपाल प्रहरीले यसरी दियो झड्का!

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । भारतले आफ्ना निजी तथा सरकारी विमानमा सवार रहने हतियारधारी फौजी दस्ता (एयर मार्सल) का लागि नेपालमा बासस्थान मागिरहेको बेला नेपालले भने आतंकवादविरुद्ध लड्न आफू सक्षम र सक्रिय रहेको अन्तराष्ट्रिय समुदायसमक्ष स्पष्ट पारेको खबर आजको नागरिकमा छ ।

काठमाडौंमा हालै सम्पन्न अन्तराष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को एसीया सम्मेलनमा सन् २००४ (२०६० साल) यता अन्तराष्ट्रिय आतकंवादी संगठनका सदस्यविरुद्ध आफुले गरेको कारबाही विवरण प्रस्तुत गर्दै नेपालले आतकंवादविरुद्ध लड्न मात्र होइन, परास्तै गर्न सक्षम रहेको प्रमाण पेस गरेको हो ।

ब्युरोप्रमुख डिआइजी बमबहादुर भण्डारीले नेपालले अन्तराष्ट्रिय आतकंवादी संगठनका पछिल्ला घोषणाले उत्पन्न सम्भावित खतराविरुद्ध तयारीबारे जानकारी गराएको खुलाए ।

उनले नेपालको चारै सुरक्षा निकायको आतकंवादकेन्द्रित कार्यप्रणालीको सारांश र विगतका कारबाहीबारे जानकारी दिइएको पनि जनाउ दिए ।