मुम्बई । प्रदर्शनरत आफ्नो फिल्म ‘रईस’मा शाहरुख खान राजनीतिमा लागेको र चुनाव लडेको देखिएका छन् ।
संयोग कस्तो भने यो बेला भारतमा विभिन्न राज्यमा चुनाव भइरहेको छ । र, शाहरुख पनि राजनीतिमा आउन लागेको चर्चा चलेको छ ।
यस्तो चर्चा चलेपछि शाहरुखले आफू राजनीतिमा पर्फेक्ट नभएको प्रतिक्रिया दिएका छन् । उनी भन्छन्, ‘असल जिन्दगीका लागि राजनीतिबाट एकदम टाढा नै रहनुपर्छ, किनकी मलाई राजनीति आउँदैन ।’
‘रईस’ मा ५१ वर्षीय अभिनेता गुजरातको एक अवैध लागू औषध तस्करको भूमिकामा छन् । जसमा त्यो कारोबारलाई लिएर एक पुलिस अधिकारी चुनौती दिन्छन् र अन्तः कारोबार चौपट गरिदिन्छन् । फिल्ममा पुलिस अधिकारीको भूमिका नवाजुद्दीन सिद्दीले निभाएका छन् ।
शाहरुखलाई जब हालै रिलिज भएको उनको क्राइम–थ्रिलर फिल्ममा आफ्नो भूमिका जस्तै राजनीतिमा आउन चाहन्छन भनेर सोधियो तब उनले भने, ‘अरु कुनै काम गर्नुको सट्टा अभिनय नै मन पर्छ ।’
सुपरस्टारले भने, ‘म यो (अभिनय) गर्न सक्छु, म त्यो (राजनीति) गर्न सक्दैन ।’ यदि मैले राजनीति गर्न सुरु गरेमा मेरो ज्यानै जानेछ । उनले आफूलाई राजनीति गर्न नआउँछ, न म गर्न चाहन्छु पनि भनेका छन् ।
फिल्मको सफलतापछि आयोजना गरिएको एक पार्टीमा शाहरुखले यस्तो बयान दिएका थिए । त्यसबेला उनीसंगै कलाकार नवाजुद्दीन सिद्दीकी र सनी लियोनी पनि थिए ।















प्रतिक्रिया