काठमाडौं । ज्या ल्होछारको अवसरमा नुवाकोट मदानपुरमा माघ २९ गते साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
ऐतिहासिक घोल्मा घ्याङ गुम्बाको पुनःनिर्माणको निमित्त गुम्बा संचालक समितिद्धारा प्राङ्गणमा भब्य साँस्कृतिक कार्यक्रम गर्ने भएको हो । उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रमलाई संगीतमय बनाउन काठमाडौंबाट सेलो गायिका इन्द्रीरा गोले गुरुङ, विजय लामा, अभिनाश घिसिङ, बिष्णु सापकोटा ‘हर्के हल्दार’, इन्द्र दोङ ‘खम्बे’, सन्जोक योञ्जन, आकाश तामाङ, सुनिता घ्लान, अनिता नेगी तामाङ, सुवाष पाख्रिन, सगुन तामाङ, रेश्मा बम्जन, लक्ष्मी घिसिङ, सुमिना लामा, अशिक राई, अमृता तामाङ, सरिता लामा, वरिष्ठ कलाकार तथा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी लगायतका कलाकारहरु पुग्नेछन् ।
कार्यक्रममा परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाश शरण महतले प्रमुख आतिथ्यता ग्रहण गर्ने आयोजकले जनाएको छ । कार्यक्रम भब्य तरिकाले सम्पन्न गर्न सम्पूर्ण तयारी तिब्र रुपमा भइरहेको आयोजकको भनाई छ ।
कार्यक्रमले ऐतिहासिक घोल्मा घ्याङ गुम्बाको संरक्षण र सम्बद्र्धनमा मद्दत पुग्ने उद्देश्य आयोजकको दावा छ । गुम्बा १८६ बर्ष पुरानो हो ।
आयोजक संचारका संयाेजक अर्जुनबहादुर तामाङका अनुसार कृषि राज्य मन्त्री राधिका तामाङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङ, काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङ, नेपाल बिद्धुत प्राधिकरणका प्रमुख कुलमान घिसिङ, महानगरीय प्रहरी कार्यालयका डिआइजी मिङमार लामा, प्रहरी प्रधान कार्यालयका एसपी गीतकार टेकबहादुर तामाङ, बौद्ध दर्शन अनुयायी समाजसेवी बेखारत्न शाक्य, मिसेस तामाङ 2016 का विजेता शान्ति वाइबा तामाङ, फस्ट रनरअप अनुकुमारी लामा, सेकेन्ड रनरअप अनिता लामा, थर्ड रनरअप सुनिता घलान, फोर्थ रनरअप श्याममाया लामा र फिप्थ रनरअप राधा थोक्रा र मिस तामाङ २०१७ का विजेतालाई सम्मान गरिने जनाएको छ ।
कार्यक्रमको लागि मिडिया पार्टनरहरु प्रभाव राष्ट्रिय दैनिक, तामाङ डाजाङ राष्ट्रिय मासिक, सैलुङअनलाइन डटकम, रेडियो जाल्पा एफएम १०४.५ मेगाहर्ज र रेडियो त्रिशुली एफएम ८८.४ मेगाहर्ज रहेका छन् ।
भिडियोः















प्रतिक्रिया