२ कार्तिक २०८३, सोमबार

गायक पशुपति भन्छन्- पापीलाई लैजान “आइजा ओइ काल”

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी । देशमा बढ्दो भ्रष्टाचार, तस्कर, लुटतन्त्र, राजनीतिक बेइमानीलाई व्यंग्य गर्दै काललाई नर्कमा लैजान गायक पशुपति शर्माले आग्रह गरेका छन् । उनले देश बिगार्ने सबै पापीलाई कालले ट्याप्प टिपी लैजान आग्रह गरेका हुन् । समाजमा यथार्थ घटनालाई टपक्क टिपेर उनले आफनो गीतमा व्यंग्यात्मक प्रहार गरेका छन् ।

केहि अघि बजारमा सार्वजनिक भएको लोकगीतमार्फत उनले देश बिगार्ने सबैलाई किरा परोस र कालले लैजान आग्रह गरेका छन् । आफ्नै लय शब्द रहेको एकल एल्वम “आइजा ओइ काल” मा उनले भ्रष्टाचारी, देस बिगार्ने सबैलाई कालले नर्कमा लैजान आग्रह गरे ।

गायक शर्माले आफनो उक्त गीतमा राम्रो कामको प्रशंसा गर्दै देस बिगार्ने, देसमा असहज परिस्थिति नित्याउने सबैलाई नर्कमा लैजान कालसंग आग्रह गरेका छन् । नेताहरु मिलेर देस टुक्रा टुक्रा पारे तर भत्केको देस बनाउन तर्फ ध्यान नदिएको उनको गितले खबदारी गरेको छ । भ्रष्टचारी, पापीहरु प्रति रोगव्यादि, झाडापखला सबै तिनिहरु प्रति जानु पर्ने उनको गितमा समाबेश गरेका छन् ।

देसमा पाप भित्रियो गरि खाने भन्दा चोरी खाने प्रबृतिलाई उनले खबदारी गरेका छन् । नराम्रो काम गर्नेहरु नर्कमा जान्छन् र नर्कमा जानुपर्ने उनको गितमा समेबेश गरिएका शब्दाका भाव रहेको छ । भ्रष्टचारी, पापीहरुलाई नर्कमा पनि ठाउँ नहुने उनको गितको कथा बस्तुमा राखिएको छ ।

आशिष म्युजिक प्रलिले बजारमा ल्याएको गितमा गितकार श्रीकृष्णबम मल्ल र गायक शर्मा आफनै अभिनय रहेको छ । गितले समाजको यथार्थ घटनालाई गितमा समाबेश गरेर सामाजिक सन्देस दिन खोजेको गायक शर्माको भनाई छ ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=w5FlTa59Ras