२ कार्तिक २०८३, सोमबार

नायिका लिम्बुलाई मोडलिङमा भ्याई नभ्याई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भाषा, संस्कृतीको जगेर्ना गर्नका लागि निर्मात्री एवं नायिका रोमियन लिम्बूले आफ्नो मैलिक भेषभुषा लगाएर लिम्बू गीतको म्युजिक भिडियोहरुको निर्माण गर्दै आईरहेकी भएपनि पछिल्लो समयमा आधुनिक गीतको म्युजिक भिडियोहरुमा अलि बढी नै ब्यस्त हुन थालेकी छन् ।

बेलायतलाई कर्मथलो बनाउदै आएकी नायिका रोमियन आगामी साता एक नेपाली चलचित्रमा अनुबन्ध भएका कारण नेपाल आउँदै छन् । माघ १७ गते सोमबार वेलायतको विभिन्न स्थानमा जिन्दगीको प्राप्ति तिमि…….बोलको म्युजिक भिडियो छायाँकन गरियो ।

हिमाल सागरको स्वर रहेको उक्त गीतका संगीतकार अर्जुन पोख्रेल हुन भने म्युजिक भिडियोका निर्देशन राजदिप राईले गरेका हुन् । भिडियोमा नायिका लिम्बुका साथमा मोडल दिपक मगर पनि देखिने छन् ।

बेलायतमा हुने अधिकाँश साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो खरो उपस्थिति जनाउदै आईरहेकी नायिका लिम्बु पहिले देखि नै आफ्नो भाषा एवं संस्कृती झल्कने भिडियोहरुमा काम गर्दै आईरहेकी छन् ।

उनले दुई वटा म्युजिक भिडियो निर्माण गरिसकेकी छन् जुन म्युजिक भिडियो १४ फेबुअरी भ्यालेन्ट टाइमका दिन उपहार स्वरुप सार्वजनिक गरिने बताईएको छ ।