२ कार्तिक २०८३, सोमबार

अपराध र प्रेमको कथामा ‘निसाफ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विवेक सापकोटाको निर्देशनमा चलचित्र ‘निसाफ’ बन्ने भएको छ । अपराधिक घटनामा प्रेमकथा मिसाएर यो चलचित्र निर्माण हुन लागेको हो ।

सुपरियल फिल्मस्को ब्यानरमा बन्ने ‘निसाफ’ एस. जंग रानाले निर्माण गर्न लागेका हुन् । अनुप बिक्रम शाही, सरोज खनाल, ध्रुब कोइराला, यादव बैरागी, भरत ढुङ्गाना र नव प्रस्तुति साधना सिलवाल, शिशिर भट्ट सगुन थापा, बिजयजंग रायमाझी लगायत कलाकारको चलचित्रमा मुख्य भूमिका रहनेछ ।

चलचित्रको लेखन पनि निर्देशक विवेक आफैले गरेका हुन् । दीब्य सुवेदीको छायाँकन, मनोज चौलागाइँको संगीत, श्री श्रेष्ठको द्वन्द्व र कविराज र बब्बुको नृत्य रहनेछ ।

आगामी फागुन ५ बाट चलचित्र छायाँकनमा जाने तयारी भइरहेको निर्देशक विवेक सापकोटाले बताए ।