२ कार्तिक २०८३, सोमबार

विन्ध्यबासिनी म्युजिकका सञ्चालक रेग्मी नराम्रोसँग फसे, साइबर क्राइमसम्म पुग्यो उजुरी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । बिन्ध्यबासिनी म्यूजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई गीतसंगीतसँग सम्बन्धित चार वटा संस्थाले स्रष्टाको आर्थिक तथा नैतिक अधिकार हननको विषयमा लिखित स्पष्टीकरण सोधका छन् ।

विन्ध्यबासिनी म्युजिक कम्पनीले टेलिकमबाट प्राप्त हुने रोयल्टीमा प्रस्तोताको रोयल्टी छल्ने नियत राखेर कम्पनीको नाममा आर्थिक तथा नैतिक अधिकार हनन् गरेको, संचालक सुवास रेग्मीले रोयल्टी संकलन व्यवस्थापन, वितरण र प्रतिलिपी अधिकारका सम्बन्धमा भ्रामक दुश्प्रचार गरेकोले स्पष्टीकरण मागेको जनाएको छ ।

विन्ध्यबासिनी म्युजिक प्रालि र सो प्रालिका मालिक सुवास रेग्मीलाई प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल, संगीतकार संघ नेपाल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले संयुक्त रुपमा स्पष्टीकरण सोधेका हुन् । बिन्ध्यबासिनी म्युजिक प्रालि र रेग्मीमाथि यसअघि पनि कलाकार र स्रष्टाहरूको चरम शोषणा गर्दै आएको आरोप पनि थियो ।

समाजले नैतिक अधिकार हनन् गरी गम्भीर अपराध गरेको भन्दै सर्जकलाई अपमान गर्ने स्रष्टा एवम् कलाकारका सम्मानित संस्थाहरूको गरिमामा आघात पुगाउने काम गरेको ठहर समाजले गरेको छ । समाजले रेग्मी र उनको कम्पनीलाई ७ दिनभित्र स्पटीकरण दिन कडा चेतावनी दिएको छ ।

विन्ध्यबासिनी म्युजिक प्रालि र रेग्मीमाथिका आरोप पुष्टि हुने सबै प्रमाण सुरक्षित रहेको समाजले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुवास रेग्मी र विन्ध्यबासिनीले उचित स्पष्टीकरण नदिएसम्म उक्त कम्पनीलाई व्यापारिक प्रयोजनमा सहयोग गर्दै आएका संस्थाहरूलाई समाजले पत्राचार गरी सहयोग गर्न आग्रह समेत गरेको छ । रेग्मी र विन्ध्यबासिनीलाई विभिन्न चार वटा व्यापारिक समूहले सहयोग गर्दै आएका थिए ।

प्रतिलिपी अधिकार ऐनअन्र्तगत रोयल्टी व्यवस्थापनका लागि गठित दुईवटा र गीत संगीतसंग सम्बन्धित दुईवटा गरी ४ वटा मुख्य संस्थाका अध्यक्षहरूको हस्ताक्षरसहितको स्पष्टीकरणको बोधार्थ नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय र नेपाल प्रहरीको साइवर क्राइम शाखामा पठाइएको समाजले जनाएको छ ।