काठमाडौं । बैंकर अनिलकेशरी शाह अब फिल्मको हिरो बन्ने भएका छन् । उनलाई अब फिल्मको पर्दामा देख्न पाइने छ ।
दुवै आँखाको ज्योती गुमाएकी सृष्टि केसीको जीवनीमा आधारित भएर निर्माण हुने फिल्म ‘ब्लाइन्ड रक्स’ मा बैंक्र शाह महत्वपूर्ण भूमिकामा देखिने छन् ।
फिल्मका निर्देशक मिलन चाम्सले सेलिब्रेटी बैंकर शाह महत्वपूर्ण भूमिकामा अभिनय गर्न लागेको जानकारी दिए । उनले भने– ‘फिल्ममा उहाँको रोल हिरो सरह छ ।’
फिल्ममा सृष्टिको भूमिकामा नायिका वेनिशा हमाल प्रस्तुत हुँदैछिन् । साथमा अर्पण थापा, गौरी मल्ल, शिशिर राणा लगायत कलाकारहरुको पनि ‘ब्लाइन्ड रक्स’ मा अभिनय रहनेछ । निकेश लिम्बु निर्माता रहेको फिल्मको आउँदो सातादेखि काडमाडौंदेखि छायाँकन सुरु हुनेछ ।
युकेमा रेड कार्पेट प्रिमियर शो गरिने फिल्म ‘ब्लाइन्ड रक्स’ लाई नवराजकृष्ण थापाले खिच्दैछन् । हरी लम्साल र तारा प्रकाश लिम्बुको संगीत रहने फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहनेछ । फिल्मको सम्पादन अर्जुन जिसीले गर्ने जनाइएको छ ।
यसअघि क्याप्टेन विजय लामा पनि फिल्ममा हिरोको रोलमा देखिइसकेका छन् ।
















प्रतिक्रिया