२८ आश्विन २०८३, बुधबार

पाकिस्तानलाई परमाणु शक्ति बनाउन चाहन्थ्यो चीन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । अमेरिकी गुप्तर संस्था ‘सीआइए’ले हालै केही दस्तावेज सार्वजनिक गरेको छ । जुन दस्तावेजले केही महत्वपूर्ण खुलासा गरेको छ ।

टाइम्स अफ इन्डियाका अनुसार चीनले आफ्नो नजिकको मित्र पाकिस्तानलाई परमाणु महत्वकांमा बल दिनका लागि अमेरिकासंग आफ्नो परमाणु सहयोगलाई दाउमा राखेको थियो ।

समाचारअनुसार सार्वजनिक गरिएको दस्तावेजमा चीनले पाकिस्तानसंग एक न्यूक्लियर एग्रिमेन्टमा हस्ताक्षर गरेपछि अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीको निगरानीका लागि पाकिस्तानसंग उसको परमाणु प्रतिष्ठानको जानकारी साझा गर्न माग गरेको थिएन ।

अमेरिकी गुप्तर संस्थाले चीन यस एग्रिमेन्टमार्फत पाकिस्तानको ‘असंवेदनशील’ इलाकामा एक न्यूक्लियर एक्सपोर्ट मार्केटको विकास गर्न चाहन्थ्यो । भन्ने रिपोर्ट त्यतिबेलै तयार पारेको थियो । तर, त्यसो भएन् ।