
नयाँ दिल्ली, १६ माघ । भारतको ओडिशास्थित बालेश्वर जिल्लाको गाउँमा अज्ञात आक्रमणकारीले एक महिलासहित उनको परिवारको हत्या गरेको छ ।
आक्रमणकारीले धारिलो हतियार प्रहार गरेर महिलाको हत्या गरेको भारतीय प्रहरीले जनाएको छ । शवहरूमा धारिलो हतियार पटक–पटक प्रहार गरेर हत्या गरिएको छ । महिलाको टाउको र शरीरलाई आक्रमणकारीले अलग–अलग गरिदिएका समाचारमा उल्लेख छ ।
धारिलो हतियार प्रहार हत्या गरिएकामा ४४ वर्षीया प्रतिभा मंडल, उनका ५ वर्षीय छोरा सुमन मंडल र १८ वर्षीया छोरी सुजान मंडल तथा उनका आफन्त १३ वर्षीय विवेक माझी रहेका छन् ।
उनीहरूको शव एक झुपडीबाट प्रहरीले शनिबार बरामद गरेको जनाएको छ । घटनास्थल जयदेव कस्बा पुलिस चौकी क्षेत्रअन्तरगत बालेश्वर–गोपालपुर मार्गभन्दा ६० मीटर टाढा रहेको छ ।
प्रहरीले घटनास्थलबाट एक तलवार, एक कुल्हाडी र केही गोला–बारूद पनि बरामद गरेको जनाएको छ । उनीहरूको हत्या आफन्तले नै सम्पत्तीका कारण गरेको हुन सक्ने प्रराम्भीक अनुमान प्रहरीले गरेको छ । – एजेन्सी











प्रतिक्रिया