बुटवल । हाम्रा छातीको दशगजा नामक कविता संग्रहको शनिबार बुटवलमा विमोचन भएको छ ।
कवि तथा समालोचक डा. मुरारी पराजुलीले लेखेको कविता संग्रहको एक कार्यक्रमका बीच साहित्यकार तथा राजनीतिज्ञ प्रदीप ज्ञवालीले विमोचन गरे ।
बुटवल साहित्य, कला संस्कृति प्रतिष्ठानले आयोजना गरेको विमोचन कार्यक्रममा बोल्दै ज्ञवालीले लुम्बिनी साहित्यका लागि उर्वर भूमि भएको बताए । उनले देश परिवर्तनका लागि साहित्यको ठूलो भूमिका हुने बताउँदै साहित्यका माध्यमबाट सामाजिक र सांस्कृतिक अभियान थाल्न आग्रह समेत गरे ।
कार्यक्रममा साहित्यकार हुमाकान्त पाण्डे र ऋषिराम भुसालले कृतिको समालोचना गरेका थिए ।
साहित्यकार सालिकराम पौडेलले रुपन्देहीको कविता परम्परामा कवि मुरारी पराजुली विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।















प्रतिक्रिया