१३ कार्तिक २०८३, शुक्रबार

एयर मार्सलको विषय पत्रिका पढेर थाहा पाएँ : निधि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, १६ माघ । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले भारतीय एयर मार्सललाई त्रिभुवन विमानस्थलमा राख्न दिने विषय आफूले पत्रिका पढेर थाहा पाएको टिप्पणी गरेका छन् ।

नेपाल प्रेस युनियन तनहुँले गरेको पत्रकार सम्मेलनमा उनले बाहिर आएजस्तो एयर मार्सल नभै विमानको आन्तरिक सुरक्षाकर्मी आइकाओको प्रावधानअनुसार राख्ने सहमति सबैजसो देशमा हुने गरेको दाबी गरे । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

उनले विमानस्थबाट सुनको तस्करी भएको विषयमा अनुसन्धान भइरहेको र दोषी जोकोही भए पनि कारबाही हुने बताए । प्रहरीको सुरक्षा बलियो भएकै कारण तस्करी भएको सुन बरामद भएको उनको दाबी छ ।