१३ कार्तिक २०८३, शुक्रबार

स्ववियुकेन्द्रित नयाँ भर्नामा रोक, तडकभडकको प्रचार प्रतिबन्ध

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । आगामी १४ फागुनमा हुने स्ववियु चुनाव लक्षित गरी विद्यार्थी संगठनले नयाँ विद्यार्थी भर्ना गर्न नपाउने भएका छन् ।

त्रिभुवन विश्वविद्यालयले चुनावको कार्यतालिका र आचारसंहिता सार्वजनिक गरी शनिबारदेखि चुनाव सम्पन्न नहुँदासम्मका लागि भर्ना रोकेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

त्रिविले जारी गरेको आचारसंहिताअनुसार यसपटक विद्यार्थी संगठनले प्रचारका लागि तडकभडक गर्न पाउनेछैनन् ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवं समन्वय समितिले जारी गरेको आचारसंहितामा निर्वाचन कमिटी, उम्मेदवार, क्याम्पस प्रशासनलगायतले गर्नुपर्ने र गर्न नहुने काम तोकेको छ ।

त्रिविले शनिबार १ फागुनमा मतदाता सूची प्रकाशित गर्नेदेखि १४ फागुनमा मतदान गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।