२ कार्तिक २०८३, सोमबार

नृत्यमा हलचल मच्चाउने यी हुन् ‘सानी’ मोडल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘सानी’ कलाकार एवम् मोडल याङ्शु श्रेष्ठको नृत्यले अहिले सबै लठ्ठिन थालेका छन् । ‘नाई नभन्नु ल ४’ फिल्ममा पनि श्रेष्ठले अभिनय गरेकी छिन् ।

विभिन्न जिल्लाहरूमा हुने सांस्कृतिक कार्यक्रमहरूमा नृत्य गर्दै आएकी याङ्शुको कलाबाट धेरै दर्शकहरू फिदा छन् । भरखर नौ वर्ष पुग्दै गरेकी याङशुलाई नेतृत्य अत्यन्तै मन पर्छ । ‘नृत्य गर्न पाए भने सबै कुरा भल्छु’, उनी भन्छिन्, ‘समय हुँदा नृत्युमा ध्यान दिन्छु । होइन भने पढाइलाई अगाडि बढाउनु पर्छ ।’

म्युजिक भिडियोका साथै फिल्महरूमा नृत्यका लागि पनि याङ्शुलाई निक्कै अफर पनि आइरहेका छन् । तर, उनी अहिले नै मोडलिङमा भन्दा पनि आफ्नो अध्ययनलाई ध्यान दिनुपर्नेमा जोड दिन्छिन् ।