२ कार्तिक २०८३, सोमबार

‘परिणाम’मा किन डराउँछिन् नायिका झरना ?

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हरि पराजुलीद्वारा निर्माण गरिएको नारी प्रधान फिल्म ‘परिणाम’ माघ २१ गतेदेखि रिलिज हुने भएको छ ।

लक्ष्मी बेन्कटेस सिनेमेकर्स प्रालिको व्यानरमा निर्माण भएको ‘परिणाम’मा नायिका झरना रिसालको विशेष भूमिका छ । ‘फिल्म नारीको कथावस्तुमा निर्माण भएको छ’, नायिका रिसालले भनिन्, ‘नारी हिंसाको प्रतिकार गर्नुपर्छ भन्ने सन्देश फिल्मले दिएको छ ।’

फिल्मका निर्माता हरि पराजुली पनि महिला हिंसाको अन्त्यका लागि ‘परिणाम’ले ठूलो भूमिका खेल्ने बताए । ‘परिणाममा महिलामाथि हुने हिंसा र त्यसको प्रतिकार गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ’, पराजुलीले भने ।

‘परिणाम’को कथा नारायण घिमिरे र पटकथा माधव शर्माको रहेको निर्माता पराजुलीले बताए । नेपाल र भारतका विभिन्न स्थानमा छायाँकन गरिएको ‘परिणाम’ समग्रमा राम्रो फिल्म बन्न सफल भएको नायिका झरना रिसालले दाबी गरिन् । ‘फिल्म हेरेपछि दर्शकले मन पराउनु हुन्छ’, रिसालले भनिन्, ‘कथावस्तले दर्शकको मन छुन्छ ।’

फिल्ममा तपाईको कस्तो भूमिका छ भन्ने प्रश्नमा नायिका रिसालले भनिन्, ‘डराउने चरित्रको अभिनय फिल्ममा देख्न पाइन्छ । म किन डराउँछु त्यो त फिल्ममा हेर्नै पर्छ ।’ ‘परिणाम’ माघ २१ गते रिलिज भएपछि एक पटक हेर्न आफ्ना शुभेच्छुक र दर्शकहरूलाई आग्रह पनि गरिन् ।

फिल्ममा झरना रिसाल, मुकेश ढकाल, किसन सुनार, असिम शेर्पा, मुक्ति उपाध्याय, दिलकुमार क्षेत्री, चन्दन गोस्वामी, सञ्जय न्यौपाने र सारिका घिमिरेको अभिनय छ ।