अमेरिका । सन् २०१२ को कुरा हो । १७ वर्षे नेपाली ठिटो निर्भाणा विष्ट भारतको उत्तराखण्ड राज्यमा रहेको सेन्ट जर्ज कलेज को म्युजिक रुममा झुक्किएर छिर्छन् । कक्षामा नयां विधार्थी देखेर म्युजिक टिचर नभिन जोन स्वेनबर्गले उनलाई सोध्छन् ।
तिमीलाई बजाउन आउँछ ?
मलाई सामान्य कर्डसहरु मात्र बजाउन आउंछ, विष्टले भने र हल्का गिटार बजाए ।
शिक्षक नवीनले उनलाई यसरी होइन, यसरी बजाउ भनेर सिकाए । सिकाएको केहि बेरमै उनले मज्जाले टिपे ।
उनले यसरी गितार बजाउन सिके कि सन् २०१५ मे २ तारिखका दिन त उनी विश्वकै तेज गितारवादक बने ।
बेलायतको दि रजिस्ट्री अफ म्युजिक वर्ल्ड रेकर्डस्ले उनलाई त्यो उपाधि दिए । उनले फ्लाइट अफ दि बम्बलबी धुनलाई १६०० बिट्स फर मिनेटको गतिमा बजाए ।
उनी संसारकै तेज गिटारवादक त हुन् तर उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन पाएनन् ।
गिनिजले अहिले त्यो विधालाई फ्रिज गरेको छ । उसले भनेको छ स्लो मोसनमा केलाउंदा पनि गिटारको स्पीडलाई निक्र्याैल गर्न गाह््रो छ ।
विष्टलाई कता कता यस कुरामा दुःख त छ तर उनले यसलाई त्यति ठुलो रुपमा हेरेका छैनन् । एनले भने, स्पीड एउटा पाटो होला तर राम्रो संगीत दिनु नै मेरो उद्धेश्य हो ।
परिवारिक रुपमा संगीतसंग विष्ट परिवारको कुनै नाता छैन । उनका बाबु डा. प्रकाश विष्ट वीर अस्पतालको न्युरोसर्जरी डिपार्टमेन्टका प्रमुख हुन् भने आमा शैली राणा फेसन डिजाइनर हुन् ।
‘उहांहरुले सधैं मलाई सपोर्ट गर्नुहुन्छ’, उनले भने ।
विष्ट १२ कक्षा पुरा गरेपछि अमेरिकाको बोस्टन सहरमा रहेको बर्कली कलेज आफ म्युजिकमा गएर संगीतको औपचारिक अध्ययन गर्ने सपना बुनिरहेका छन् ।
(विष्टसंग पत्रकार अनुज थापा र दीपिका श्रेष्ठले लिएको भिडियो अन्र्तवार्ताका लागि तल क्लिक गर्नुहोस् ।)
















प्रतिक्रिया