२ कार्तिक २०८३, सोमबार

जब हिरोइनलाई छिमेकीले पागलखाना पुगाए…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । हलिउड एक्टर मीशा बार्टनमाथि हालै एक भयानक घटना भयो जसले गर्दा उनका छिमेकी पनि डराएका छन् । हालै मीशा लाई आफ्नो घरका पछाडितिरको ढोका अगाडि बाहिरपट्ट धकेलिएको अवस्थामा देखिइन र जोर–जोरले कराउँदै थिइन् । त्यो बेला उनी चाँडै यो दुनिया खतम हुनेछ र उनकी आमा एक बोक्सिनी हो भनेर कराउँदै थिइन् ।

टीएमजेडले मीशाको केही तस्बीर पनि सार्वजनिक गरेको छ । जसमा उनी घरको पछाडितिर झुण्डिएको अवस्था देखिइएकी थिइन् । सेतो संगको ड्रेस लगाएकी छन्, जबकी दोस्रो तस्बीरमा उनी जमिनमा बसेर आफैलाई कसेकी छन् ।

मीशाको यो अवस्था भएपनि कुनै घटना हुन नदिन प्रहरी बोलाइएको थियो । डेलीमेलका अनुसार मीशाको मानसिक अवस्था जाँच्नका लागि उनलाई अस्पतालमा भर्ना गरिएको छ । उनलाई यस्तो समस्या यसअघि पनि हुने गरेको थियो ।

२००९ मा जब मीशाले आफ्नो दाँतमा फैलिएको संक्रमणको औषधि गरिन् त्यो बेला उनलाई दुई हप्ताका ५ हजार १५० को धारा लगाइएको थियो । यस धारामार्फत मानसिक असन्तुलनको शिकार भएका विरामीको असीमित समयसम्मका लागि बन्द गरिन्छ । किनभने आफ्नो र अर्काको लागि पनि खतरनाक बन्छ ।

त्यो बेला मीशाले इन्जेक्सनबाट आफूलाई निकै डर लाग्ने गरेको बताएकी थिइन् । डाक्टरले धेरै औषधि दिँदै थिए । उनले डाक्टरसंग झगडा पनि गरिन । त्यसकारण उनलाई ५१५० को धारा लगाइएको थियो ।

मीशाको आफ्नी आमासंग पनि पुराना विवाद रहेको छ । आफ्नी आमालाई बोक्सी भन्ने मीशाले २०१५ मा पनि आफ्नी आमालाई आफ्नो रुपैयाँ चोरेको आरोप लगाएकी थिइन् ।

मीशाको पुरै जिन्दगी विवादमा गुज्रँदै गएको छ । उनीमाथि थुप्रै किसिमका आरोपहरु लाग्नुका साथै मुद्दा पनि खेपिरहेकी छन् । जसले गर्दा बेघर भएकी छन् ।