२ कार्तिक २०८३, सोमबार

‘६क्का पञ्जा’का गायकले राखे अर्को नयाँ रेकर्ड !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा इतिहाँस रच्न सफल फिल्म ‘६क्का पञ्जा’को ‘देखन चम्पा सुनन चम्पा’ बोलको गीत सँगसँगै अहिले गायक कृष्ण काफ्लेको चर्चा पनि उत्कर्षमा छ ।

नेपाली सांगीतिक क्षेत्रलाई यही गीत दिएर चर्चाको शिखरमा रहेका गायक काफ्लेको स्वरमा रहेको गीतले युट्युबमा सर्वाधिक हेरिने गीतको रेकर्ड कायम गरेसँगै उनले सोही गीतका गीतकार एवं संगीतकारलाई रोयल्टी दिने कामको सुरुवात गरेका छन् ।

गायक काफ्लेले दाङको हापुरे महोत्सबबाट फर्केपछि आँफूले पाएको पारिश्रमिकबाट सोही गीतका गीतकार शाान्तिप्रिय र संगीतकार दीपक शर्मालाई १५–१५ प्रतिशत दिएर नविन कार्यको सुरुवात गरेका हुन् ।

जुन काम नेपालमा गर्ने गायक काफ्ले पहिलो स्रष्टा हुन् । विभिन्न स्टेज कार्यक्रमहरुमा गीत गाएर गायकले पारिश्रमिक लिने तर गीतकार र संगीतकारहरु उपलब्धिविहीन हुने कुराको चर्चा चलिरहेको अवस्थामा एक कदम माथि उठेर काफ्लेले रोयल्टीको प्रथा सुरु गरेको बताए ।

गायक काफ्लेले आगामी दिनमा पनि आफूले गाउने गीतको श्रष्टालाई रोयल्टी नियमित उपलब्ध गराउने बताएका छन् ।