मुम्बई । भारतीय चर्चित टेलिसिरियल ‘उतरन’ की चर्चित कलाकार रश्मी देसाईलाई उनका परिवारले घरबाट निकालिदिएका छन् । उनलाई केही दिन पहिले नै घरबाट निकालिएको थियो ।
रश्मी देसाई कलाकार लक्ष ललवानीसंगको सम्बन्धमा छिन् । उनका ब्वाइफ्रेन्ड लक्षसंगको सम्बन्ध उनका परिवारलाई मन परेको थिएन । परिवारले परिवार र ब्वाइफ्रेन्डमध्ये एक रोज्नुपर्ने शर्त राखेका थिए । देसाईले ब्वाइफ्रेन्डलाई रोजेपछि उनलाई घरबाट निकालिएको हो ।
स्पटब्वाय डटकमका अनुसार रश्मीकी आमाले देसाईलाई आफ्नो ब्वाइफ्रेन्डलाई रोज्ने भए परिवारसंगको नाता तोड्नुपर्ने चेतावनी दिइएकी थिइन् । तर, देसाईले परिवारको ठिक विपरित ब्वाइफ्रेन्डलाई चुनेकी थिइन् ।
उनले आफ्नो मन लागेको गरेको भन्दै उनकी आमाले उनलाई घरबाट निकाली दिएकी थिइन् । यो सुनेर देसाईको होस् नै उठेको थियो । आमाको चेतावनी आएपनि उनलाई बस्नका लागि अपार्टमेन्ट खोज्न निकै धौ–धौ भएको थियो ।
अन्त्यमा उनको पुरानो इभेन्ट म्यानेजर सन्तोष गुप्ताले उनलाई अपार्टमेन्ट खोजिदिनुका साथै केही रुपैयाँ पनि सहयोग गरेका थिए ।
अहिले देसाईको अवस्था सामान्य छ । उनको एक नयाँ टिभी ‘शो’ पनि सञ्चालन हुन गइरहको छ । यसका लागि उनले एडभान्स पनि लिइसकेकी छन् ।


















प्रतिक्रिया