२ कार्तिक २०८३, सोमबार

यम बुद्धको शव शनिबार नेपाल आइपुग्ने, अन्तिम श्रद्धाञ्जलिका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पप गायक तथा र्यापर यम बुद्ध ‘अनिल अधिकारी’ को शव शनिबार काठमाडौं आइपुग्ने भएको छ ।

परिवारिक स्रोतका अनुसार शवलाई शनिबारै ४ बजेदेखि अन्तिम श्रद्धाञ्जलिका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिने कार्यक्रम तय भएको छ । र, सोही दिन पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने छ ।

श्रीमतीसहित लण्डनमा बस्दै २९ वर्षीय यम बुद्धले माघ १ गते साउथ ह्यारोस्थित आफ्नै घरमा आत्महत्या गरेका थिए । उनको आत्महत्याको कारण अझै खुल्न सकेको छैन् ।