२ कार्तिक २०८३, सोमबार

शान्तिको सन्देश फैल्याउन ‘मिस नेपाल पिस’ हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । चौथो संस्करणमा आएर ‘मिस नर्स नेपाल’ अव ‘मिस नेपाल पिस’को नामबाट आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा शान्तिको सन्देश फैल्याउने प्रतिबद्धताका साथ परिमार्जित एबं अझ परिस्कृत हुँदै यो प्रतियोगिता ‘मिस नेपाल पिस’को नाममा अगाडि लैजान लागेको आयोजक नेक्स्ट मोडल्स नेपालले एक बिज्ञप्तिमार्फत जानकारी गराएको छ ।

नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाद्धारा जारी बिज्ञाप्तीमा भनिएको छ ‘मिस वल्र्ड पिस’मा नेपालको प्रतिनिधित्व रहने भएपछि ‘मिस नर्स नेपाल’को नाम परिमार्जित गरिएको हो ।’ नर्स आफै शान्ती एबं सद्भावनाको प्रतिक भएकोले यो प्रतियोगीतालाई ‘मिस नेपाल पिस’का रुपमा अगाडि लैजान लागेको बिज्ञप्तीमा उल्लेख छ ।

यसको बिजेताले पनि मिस नर्सको पुर्व घोषित पुरस्कारका साथै अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् ।

‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा उठाएको यो स्वास्थ्य पेसासँग सम्बन्धित यो एकमात्र सामाजिक सौदर्य प्रतियोगिता हो । जसको आवेदन केही अगाडि खुल्ला भएको थियो ।

नसिङ पेसा रहेका, अध्यायन गरिरहेका ब्याक्तिको ब्यक्तित्व बिकाश गरि सामाजिक काम प्रति उत्तर दाइत्व बहन गराउँने उदेश्यले प्रतियोगीता आयोजना हुँदै आएको छ ।

प्रतियोगीताका लागि आवेदन फारम नेक्स्ट मोडल्स् नेपालको अनामनगरस्थित कार्यलय (फोन नम्बर ०१४२५३२७२) तथा नेक्सट् मोडल डटकममा उपलब्ध हुनेछ ।

प्रतियोगीताको प्रारम्भिक छनौट देशका बिभिन्न स्थान बेष्ट क्यान्सर सम्बन्धि जन चेतना र हेल्थ क्याम्प सहित आयोजना हुनेछ ।

सञ्चार कला, बिकाश मोटिभेसन, लिडरसिप ,डेङ सेन्स , पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित उत्कृष्ट छानिने प्रतियोगीतामा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरुको उत्साहजनक सहभागिता रहने आयोजकको दाबी छ ।