नयाँदिल्ली, १२ माघ । भारतमा आयकर विभागले कर्नाटकका मन्त्री र प्रदेश महिला काँग्रेसकी नेतृतको घरमा छापा मारेको छ । विभागले छापामारेर १ सय ६२ करोडभन्दा बढी सम्पत्ती कब्जा गरेको छ । सरकारी अधिकारीहरूले ४१ लाख रुपैयाँ नगद, सुन तथा आभुषणपनि कब्जा गरेको छ ।
अधिकारीले पछिल्लो साता मन्त्री रमेश एल जारखिहोली र महिला काँग्रेसकी प्रमुख लक्ष्मी आर हेब्बालकरको घरमा छापा मारेर अवैध सम्पत्ती र स्रोत नखुलेको लगानी कब्जा गरेको हो ।
यसबारेमा प्रतिक्रिया दिँदै जारखिहोलीले आफूले कुनै गल्ती नगरेको र छापामार्नु राजनीतिक षड्यन्त्र भएको आरोप लगाएका छन् ।
अधिकारीहरुले छापा मारेर १ सय ६२ करोड रुपैयाँ अघोषित सम्पत्ति र ४१ लाख रुपैयाको स्रोत नखुलेको नगदका साथै १२.६ किलो सुन कब्जा गरेको जनाएका छन् । – एजेन्सी











प्रतिक्रिया