३ कार्तिक २०८३, मंगलबार

सामसङ ग्यालाक्सी जे सिरिज अन्तर्गत सुपथ मूल्यका सेल्फी फ्ल्यास् सहितको नयाँ J2 Ace बजारमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । नेपालले आफ्नो जे सिरिजको रेन्जमा आज नयाँ ग्यालाक्सी जे टू एस ल्याएको छ । सुपथ रेन्जका फोनहरुको वर्गमा सामसङ ग्यालाक्सी जे सिरिज सबैभन्दा बढी विक्रि हुने स्मार्टफोन सिरिज हो । ग्यालाक्सी जे टू एस ५” स्मार्टफोन सेग्मेन्टमा फ्रन्ट क्यामेरा फ्ल्यास् फिचर सहितको सामसङको सबैभन्दा सुपथ मूल्यको फोनका रुपमा बजारमा प्रस्तुत छ । ग्यालाक्सी जे टू एस एक “फोर जी” युक्त फोन हो जसले नेपालको फोर जी स्मार्टफोन क्षेत्रमा सामसङको प्रस्तुतीलाई झनै सुदृढ बनाएको छ ।

– लो–लाइट सेल्फीको लागि फ्रन्ट फ्ल्यास् क्यामेरा भएको सामसङ ग्यालाक्सी “जे टू एस”
– यस ५” इन्ट्री लेभल एन्ड्रोइड फोनसँग सामसङले ग्यालाक्सी जे सिरिजलाई अझै सुपथ बनाएको छ

सामसङ नेपालको एचएचपी डिभिजनका डेपुटी जेनरल म्यानेजर प्रनय स्थापितका अनुसार – “ग्राहकहरुले जे सिरिजको बनावटको उत्कृष्ट क्वालिटि तथा नेपाल–केन्द्रित फिचरहरु जस्तै यूडिएस, एस बाइक, टिएसटि, एस पावर प्लानिङ्ग र एस सेक्योरलाई निकै सकारात्मक प्रतिक्रिया दिएका छन् । यस सफलताबाट प्रेरित भई हामी आफ्नो पोर्टफोलियोलाई बढाउँदै रु. १३,९९० मूल्यको ग्यालाक्सी जे टू एस बजारमा ल्याएको छ । सेल्फी लिने तथा मनोरञ्जन मनपराउने प्रयोगकर्ताहरुको आवश्यकतालाई ध्यानमा राख्दै यस मोडलमा ५” स्क्रिनका साथ फ्रन्ट फ्ल्यास् राखिएको छ ।

लोकलाइज्ड् फिचर्स्

विशेष नेपालका लागि सामसङले ल्याएका फिचरहरु निम्न रहेका छन् : अल्ट्रा डाटा सेभिङ्ग (UDS) जसले डाटा कम्प्रेश गरी ५०५ सम्मको डाटा बचाउँछ, एस बाइक मोड (S bike mode) जसले जिम्मेवार बाइक राइडलाई प्रोत्साहन दिई फोन प्रयोगकर्ताहरुलाई रोडमा निश्चिन्त भई बाइक राइड गराउँछ, र टर्बाे स्पिड टेक्नोलोजी (TST) जसले फोनको र्यामलाई अप्टिमाइज गरी एपहरुलाई आफ्नोभन्दा दोब्बर र्याम भएका फोनहरुको तुलना ४०% सम्म छिटो खोल्न मदत गर्छ । यसले गर्दा ग्राहकहरु फोनको पर्फमेन्सको बारेमा चिन्ता नलिई ढुक्कले विभिन्न एपहरु एकैसाथ चलाउन सक्नुहुनेछ ।

साथै, “ग्यालाक्सी जे टू एस” मा सामसङले अर्काे नविनतम लोकलाइज्ड् फिचर एस पावर प्लानिङ्ग (S Power Planning) पनि ल्याएको छ जुन एउटा स्मार्ट ब्याट्री म्यानेज्मेन्ट सिस्टम हो । यसले प्रयोगकर्ताहरुलाई सधैं नै कनेक्टेड रहन मदत गर्छ । त्यसैगरी, एस सेक्योर (S Secure) ले सेफ ब्राउजिङ्ग एक्सपेरिएन्स् प्रदान गरी व्यक्तिगत जानकारीहरुलाई सुरक्षित राख्छ ।

सुपिरियर इमेजिङ्ग

ग्यालाक्सी जे टू एस सामसङ्गको सबैभन्दा सुपथ ५” डिभाइस हो जुन गोल्ड, ब्ल्याक र सिल्भरमा उपलब्ध छ । ८ एमपी रियर क्यामेरा र सेल्फी फ्ल्यास सहितको ५ एमपी फ्रन्ट क्यामेराका साथ फोर जी फिचरले प्रयोगकर्ताहरुलाई उत्कृष्ट लो–लाइट फोटोग्राफी र ठूलो ५” स्क्रिन मार्फत उच्च सोसल मिडिया अनुभव प्रदान गर्नेछ ।

एडभान्स्ड् पर्फमेन्स र सुपिरियर डिजाइन

उक्त फोनले फोर जी क्षमताका साथसाथै आफ्नो स्टाइलिश डिजाइन र उत्कृष्ट पर्फमेन्स पनि पस्केको छ । “ग्यालाक्सी जे टू एस” मा १.४ गिगाहर्ज कोड प्रोसेसर छ, जसलाई टर्बाे स्पिड टेक्नोलोजी (TST) का साथ १.५ जी.बी. र्यामले सपोर्ट गरेको छ र ग्राहकहरुलाई उत्कृष्ट पर्फमेन्स पस्कन सहायता गरेको छ । युनिक प्याटर्न भएको ब्याक प्यानलका यो फोन एन्टी–स्क्रयाच् र डिजाइनको हिसाबले एर्गाेनोमिक पनि छ । उक्त स्मार्टफोन जनवरी २३ बाट सबै विक्रेता च्यानलहरुमा उपलब्ध हुनेछ ।

सामसङ इलेक्ट्रोनिक्स् कम्पनी लि. को बारेमा

सामसङ इलेक्ट्रोनिक्स् कम्पनी लि. विश्वमा आमूल परिवर्तन ल्याउने आइडिया तथा इन्नोभेसन मार्फत नवीन र टेक्नोलोजी–सम्पन्न भविष्यको निर्माण गर्न प्रतिबद्ध छ । कम्पनीले टिभी, स्मार्टफोन, वेरेबल डिभाइसेस, ट्याब्लेट, क्यामेरा, डिजिटल एप्लाएन्सेस, प्रिन्टर, मेडिकल इक्वीप्मेन्ट, नेटवर्क सिस्टम, सेमिकन्डक्टर तथा एलइडी सोल्यूसन्स्को क्षेत्रहरुलाई नयाँ परिभाषा दिँदै आएको छ । सामसङ सम्बन्धी जानकारी तथा अपडेट्सका लागि news.samsung.com मा सामसङ न्यूजरुम हेर्नुहोला ।