काठमाडौं, ११ माघ । उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा उद्योग तथा लगानी प्रवद्र्धन वोर्डको २२१ औं बैठक मंगलबार उद्योग मन्त्रालयको सभा हलमा बस्यो ।
बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालय र निजी क्षेत्रको समेत गरी २३ जना सदस्यहरुको उपस्थिती रहेको थियो ।
आजको बैठकमा ९ वटा नीतिगत प्रस्तावमाथि छलफल भयो ।
बैठकले उद्योग संचालनका लागि लाग्ने समयावधिका सम्बन्धमा मापदण्ड तयार भई लागु भएका उद्योगहरुका हकमा सोही बमोजिम हुने र अन्यको हकमा सम्वन्धित उद्योगीसँग कार्ययोजना लिई कार्ययोजना र उद्योगको प्रकृति अनुसार अधिकतम १० बर्षभित्र उद्योग संचालनको समय सीमा तोक्ने निर्णय गरेको छ ।
उद्योग दर्ताको लागि ठुला, मझौला र विदेशी लगानी सम्वन्धि उद्योगका लागि उद्योग विभाग, साना लघु तथा घरेलु उद्योगका लागि घरेलु विभाग र विशेष आर्थिक क्षेत्र सेजमा स्थापना हुने स्वदेशी उद्योगका हकमा विशेष आर्थिक क्षेत्र व्यवस्थापन कार्यालयलाई जिम्मेवारी तोक्ने गरी राजपत्रमा सूचना प्रकाशित गर्न प्रकृया अगाडी बढाउन मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
उद्योगले पालना गर्नुपर्ने शर्तहरु निर्धारण गर्ने सम्वन्धमा उद्योग विभागको महानिर्देशकको संयोजकत्वमा वन, वातावरण, कृषि, अर्थ, पर्यटन र स्थानिय विकास मन्त्रालयको प्रतिनिधि गठन गरी सो समितिले आगामी बैठकमा मापदण्ड प्रस्तुत गर्ने निर्णय ग¥यो ।
विभिन्न मितिमा दर्ता भै संचालनको म्याद सकिएका उद्योगहरुको हकमा पुनः संचालन गर्न दिने सम्वन्धमा कानूनी राय सहित आगामी बैठकमा पेश गर्ने निर्णय गरियो ।
बैठकलाई सम्वोधन गर्दै उद्योग मन्त्री नवीन्द्रराज जोशीले उद्योग तथा लगानी प्रवद्र्धन वोर्डमा लामो समयदेखिका केही एजेण्डाहरु थाँती रहेकोमा विस्तृत अध्ययन पछि आगामी बैठकहरुमा क्रमश ती एजेण्डाहरुलाई सम्वोधन गर्दै जाने बताउनुभयो ।
उद्योग मन्त्रालयले औद्योगिक वातावरण निर्माणमा लागेकोले वोर्डले पनि उद्यमीहरुलाई सहज र सरल हुने खालका नीतिगत निर्णयहरुलाई प्राथमिकता दिन आवश्यक रहृकाृे भन्दै मन्त्री जोशीले उद्योग तथा लगानी प्रवद्र्धन वोर्डमा नेपाल सरकारका धेरै मन्त्रालयहरुको प्रतिनिधित्व रहेकोले औद्योगिक वातारणमा समन्वयात्मक ढंगले अगाडी बढ्न निर्देशन दिनुभयो ।
लामो समयदेखी बस्ने नसकेको उद्योग तथा लगानी तथा गक प्रवद्र्धन वोर्डको वैठक नियमित रुपमा बस्ने पनि मन्त्री जोशीले जानकारी गराउनु भयो ।
















प्रतिक्रिया