१३ कार्तिक २०८३, शुक्रबार

०१७ साल दोहोर्‍याउने प्रचण्डको षड्यन्त्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । ‘आगामी एक वर्षभित्र स्थानीय तहसहित तीनवटै तहका निर्वाचन सम्पन्न हुन सकेन भने मुलुक २०१७ सालको भन्दा पनि भयानक दुर्घतनातिर जाने खतरा, देश अर्कै प्रकृतिको द्वन्द्वमा फस्न सक्छ, समय घर्कियो भने हाम्रो हातबाट स्थिति फुत्किन सक्छ’ – यो भनाइ प्रधानमनत्री पुष्पकमल दाहालको हो ।

आइतबार राजधानीमा संसदीय मामिला पत्रकार समाजले गरेको कार्यक्रममा संविधान कार्यान्वयनको जिम्मेवारी बोकेका दाहाल स्वयंले यस्तो अनौँठो अभिव्यक्ति दिएका हुन् । दृष्टि साप्ताहिकले समाचार छापेको छ ।

यस्तै अभिव्यक्ति २०५९ तिर तत्कालीन सञ्चारमन्त्री डा.मोहम्मद मोहसिनले दिएका थिए । राष्ट्रिय सभाका पूर्वअध्यक्षसमेत रहेका मोहसिनले भनेका थिए, ‘राजनीतिक दलहरूबीचको कटुता कायम रह्यो र दलहरू मिलेनन् भने मुलुकमा अधिनायकवादको जन्म हुनेछ । नभन्दै त्यही भयो ।

केही महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गर्दै माघ १९ मा राजा ज्ञानेन्द्र शाहले शासन हातमा लिए ।

अहिलेका प्रधानमन्त्री दाहालको अभिव्यक्तिले पनि अर्को अधिनायकको सम्भावनातिर संकेत गरेको हुनसक्छ । संविधान कार्यान्वयनका निम्ति २०७४ माघ ८ भित्र तीन ताहको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाबारे दाहाललाई राम्रोसँग ख्याल छ ।

तर, संविधान कार्यान्वयनमा उनको रुचि चटक्कै छैन । फागुन महिनाभित्र स्थानीय तहको निर्वाचन गराउने प्रतिवद्धतासहित उनी गत साउनमा प्रधानमन्त्रीको कुसीमा बसेका थिए ।

फागुनमा निर्वाचन गराउन उनीसँग सात महिनाको समय थियो । तर, निर्वाचनका लािग आवश्यक कुनै गृहकार्य गर्न उनले आवश्यक ठानेनन् ।