काठमाडौं, १० माघ । भूकम्पपछिको पुनःनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको बिशेष सल्लाहकारमा डा.सुमनकुमार कर्ण नियुक्त भएका छन् ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले शहरी बिकास योजना, वातावरण तथा बिपद व्यवस्थापनका क्षेत्रमा लामो समय काम गरेको डा. कर्णलाई आफ्नो बिशेष सल्लाहकारको रुपमा नियुक्त गरेका हुन् ।
बिगत १५ वर्षदेखि संयुक्त राष्ट्रसंघ तथा विभिन्न अन्तराष्ट्रिय निकायमा रहेर काम गरेका कर्णले सन २००५ मा अष्ट्रेलियाको मेलवर्न बिश्वविद्यालयबाट बिद्यावारिधी गरेका छन् ।
कर्णले अफगानिस्तान, इराक, जोर्डन सुडान, भारतलगायतका मुलुकमा बिपद व्यवस्थापनका क्षेत्रमा बिज्ञको रुपमा रहेर काम गरेका थिए ।















प्रतिक्रिया